
जाजरकोट, २९ असार : जाजरकोट भेरी नगरपालिका–१ होलुज्यूलामा लगाइएको धानबाली । जिल्लाको सबैभन्दा बढी धान होलुज्यूलामा उत्पादन हुन्छ । तस्वीर : हेमन्त केसी

बाजुरा, २७ असार : वर्षाका कारण बाजुराको बूढीगङ्गा नदीमा पानीको सतह बढेपछि बूढीगङ्गा र त्रिवेणी नगरपालिका जोड्ने ताप्रीसेरामा रहेको झोलुङ्गे पुलमा जोखिमपूर्ण रुपमा नदीमा बगेर आएको काठ–दाउरा निकाल्दै स्थानीयवासी ।

धम्बोझी, २७ असार: बर्दिया राष्ट्रिय निकुञ्जस्थित पूर्वपश्चिम राजमार्गमा हिँड्दै गरेको पाटेबाघ । पहिले जङ्गलभित्रै देखिने वन्यजन्तु लकडाउनका बेला खुला राजमार्ग र आसपास क्षेत्रमा देखिएका छन् ।

डोटी, २६ असार : लगातारको वर्षातपछि डोटीको दिपायलमा रहेको सेतीनदीमा आएको बाढी । बाढीका कारण नदी आसपासका बस्तीहरु उच्च जोखिममा रहेका छन् । तस्वीर: विमलबहादुर विष्ट

ठिनी, २२ असार : हिमाली जिल्ला मुस्ताङको लोमानथाङ्ग गाउँपालिका वडा नं १ छोसेरमा ऐतिहासिक गुफाभित्र बनाइएको शेखर होटल । होटलमा बस्न पर्यटकलाई तीन कोठा छुट्टाइएको छ । तस्वीरः निरज थकाली

ठिनी, १४ असारः हिमालीजिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीस्थित यारु झो भ्यूपोइन्टबाट देखिएको कालीगण्डकी नदी र उपल्लो मुस्ताङको मनोरम दृश्य । सो भ्यूपोइन्टबाट चीनको भूभाग पनि देख्न सकिन्छ । तस्वीरः निरज

काठमाडौं,१५ असार : स्वयम्भूको पछाडि रहेको हलचोक डाँडाबाट देखिएको स्वयम्भूको मन्दिरसँगै दुबईबाट नेपाली लिएर फर्किएको नेपाल एयरलाइन्सको विमान । तस्वीर : प्रदीपराज वन्त

काठमाडौँ, १२ असार : हलचोककोबाट देखिएको काठमाडौँ तथा त्यस आसपास क्षेत्रको दृश्य । तस्वीरः प्रदीपराज वन्त शिवपुुरी डाँडाबाट देखिएको काठमाडौँ उपत्यकाको दृश्य । तस्वीर: चन्द्रकला क्षेत्री विश्व सम्पदा सूचीमा सूचिकृत

जाजरकोट, ११ असार : कर्णाली प्रदेश सरकार र मुड्केचुला गाउँपालिका डोल्पाको आर्थिक सहयोगमा जुम्ला–भालुलेक सर्मी हुँदै जाजरकोट डोल्पा सडकखण्डको त्रिवेणीमा सडक जोड्नका लागि भालु लेखमा डोजरद्वारा हिउँ पन्छ्याउँदै । तस्वीर

पोखरा, ११ असार : पोखरा महानगरपालिका-१८लभ्ली डाँडा डाँडा नजीकैको जङ्गलमा फुलेको सुनाखरी । अहिले पोखरा तथा आसपास जङ्गल क्षेत्रमा करीब २०० प्रजातिका यो फूल फुलेको देख्न पाइन्छ । पोखराका ८००