फोटो ग्यालरी

बादलको घुम्टोभित्र धौलागिरि हिमाल

गलकोट, १० असार : बागलुङ नगरपालिका–१० स्थित भकुण्डे गाउँमा रहेको मूलाबारी भ्यूटावरबाट वर्षात्का समयमा बादलको बीचबाट देखिएको धौलागिरि हिमाल । तस्वीर : खेमराज गौतम  

भक्तपुुर शहर र स्वयम्भूको रमणिय दृश्य  

काठमाडौँ,९ असार : सूर्यविनायक नगरपालिकामा पर्ने डोलेश्वर महादेव मन्दिर नजिकबाट देखिएको भक्तपुुर शहरको दृश्य । तस्वीर लिँदै पर्यटक विश्व सम्पदा सूूचिमा सूूचिकृत स्वयम्भूू तथा त्यस आसपास क्षेत्रमा तस्वीर लिँदै विदेशी

चरिचरण क्षेत्रमा घाँस खाँदै घोडा   

जाजरकोट, ६ असार : बारेकोट गाउँपालिका–४ ठाकुर जी पाटनमा चरिचरण क्षेत्रमा घाँस खाँदै घोडा । तस्वीर : हेमन्त केसी

बज्रबाराही मन्दिर  

काठमाडौँ, ५ असार : ललितपुरको बज्रबाराही मन्दिर लामो समयपछिको लकडाउन खुकुलो भएपनि सुनसान छ । तस्वीर:  चन्द्रकला क्षेत्री

मुढे घारमा माहुरीपालन 

डोटी, ५ असार : डोटीको बडिकेदार गाउँपालिकाको रुमाइलका किसानले परम्परागत मुढे घारमै गरेको व्यावसायिक माहुरीपालन । माहुरीको मह बेचेर उहाँले बर्सेनि मनग्य आम्दानी गर्दै आउनुभएको छ । तस्वीर: विमलबहादुर विष्ट

बुद्धको मूर्ति   

जुम्ला, ५ असार : जुम्लाको चन्दननाथ नगरपालिका -४ मा यहाँका बौद्ध धर्मावलम्बीले आफ्नै खर्चमा बनाएको गौतम बुद्धको मूर्ति । तस्वीरः मानदत्त रावल

पातले छाँगा अर्थात ‘डेभिड फल्स’

चिप्लेढुङ्गा, ५ असार : पोखरा– १७ स्थित पर्यटकीयस्थल पातले छाँगो । बन्दाबन्दीले अहिले ‘डेभिड फल्स’मा पर्यटनको आवागमन बन्द छ । तस्वीर: जमुनावर्षा शर्मा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उपत्यकाको दृश्य  

काठमाडौँ, ३ असार : ललितपुरको लेलेबाट देखिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ उपत्यकाको दृश्य । तस्वीर : प्रदीपराज वन्त सरकारले गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएसँगै खाली रहेको त्रिभुवन

रोपाइँ गर्दै किसान  

डोटी, ३ असार : डोटीको जोरायल गाउँपालिका–३ रावतकट्टे सेरोमा धान रोपाइँ गर्दै किसान । गाउँमा पर्याप्त पानी भएका कारण किसानलाई धान रोप्न भ्याइ–नभ्याइ भएको छ । तस्वीर : विमलबहादुर विष्ट

बागलुङको निशेल्ढोर गाउँ

गलकोट, ३ असारः  बागलुङको निसीखोला गाउँपालिका–५ को विकट निशेल्ढोर गाउँ । निशेल्ढोरमा आलु र स्याउको खेती गरिन्छ । तस्बिर: खेमराज गौतम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.