
पोखरा,१३ जेठ : कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित भुर्जुङखोलाको गाउँ । यहाँ व्यावसायिक रुपमा ट्राउट माछापालन गरिएको छ । तस्वीरः राधिका कँडेल

जाजरकोट, ११ जेठ : रुकुमपश्चिम आठबीसकोट नगरपालिका–१४ बाँकेमा काठबाट बनाइएको ढिकीबाट धान कुटेर चामल निकालिँदै । लकडाउनका कारण मिल जान नपाएपछि स्थानीयबासीले ढिकी प्रयोग गरेका छन् । तस्वीरः हेमन्त केसी

काठमाडौँ, ८ जेठ : बन्दाबन्दीको समयमा विश्वसम्पदामा सूचिकृत काठमाडौँको बसन्तपुर दरबारस्वाएरमा परेवा । तस्वीर: चन्द्रकला क्षेत्री

पोखरा,८ जेठ : पोखराको सराङ्कोटबाट देखिएको अन्नपूर्ण हिमश्रृङ्खला । लकडाउनका कारण वायु प्रदूषणमा कमी आएपछि स्वच्छ बन्दै गएको वातावरणमा हिमश्रृङ्खला सफा र प्रष्ट देखिन थालेको छ । तस्वीरः राधिका कँडेल

छाङरु (दार्चुला), ७ जेठ : दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग (नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड) । बीचमा काली नदी छ । काली नदीको बायाँको भूभाग भारत हो

जाजरकोट, ६ जेठ : जाजरकोट–डोल्पा सडकखण्डको रुकुम–पश्चिम आठवीसकोट नगरपालिका–११ चिसापानीकी १० बर्षीया चेतना पुन गिट्टी कुट्दै । आमाले अर्को विबाह गरेर अकैसँग गएपछि आमा बिहीन बनेकी चेतना गिट्टी कुटेर जीवन

चिप्लेढुङ्गा, ५ जेठ : फेवातालबाट सोमबार देखिएको अन्नपूर्ण हिमालको दृश्य । तस्वीरः जमुनावर्षा शर्मा

अत्तरिया, ४ जेठ : भीमदत्त राजमार्गको सडक किनारमा काफल बिक्री गर्न बसेका कैलालीको चुरे गाउँपालिका–३ सहजपुरका महिला । बन्दाबन्दीका कारण राजमार्गमा चहलपहल नहुँदा काफल बिक्रीमा कमी आएको छ । तस्बिरः

पोखरा, ४ जेठ: फेवातालमा माछा छोप्नका लागि जाल हाल्दै एक व्यक्ति । बन्दाबन्दीसँगै फेवाताल किनारामा जाल हाल्ने र बल्छी थापेर माछा मार्नेको भीड नै लाग्ने गरेको छ । तस्वीरः हरि

काठमाडौँ,२९ वैशाख : भक्तपुरको मनोहरा खोलाबाट सोमबार साँझ देखिएको सूर्यास्तको दृश्य । तस्वीर: चन्द्रकला क्षेत्री