फोटो ग्यालरी

तनहुँ साँगेफाँटको चैतेधान

दमौली, २९ वैशाख: चैतेधान रोपेपछि तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेफाँट । साँगेफाँट धान उत्पादनको पकेट क्षेत्र मानिन्छ । तस्वीर:  कृष्ण न्यौपाने

बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन

बुटवल, २६ वैशाख : २५६४ औं जयन्तीका अवसरमा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वशान्ति र राष्ट्र कल्याणको कामनासहित दीप प्रज्वलन । तस्वीरः भरत केसी पोखरा महानगरपालिका–२२ पुम्दिभूम्दीस्थित अनदुडाँडाबाट शुक्रबार बिहान देखिएको शान्तिस्तुपा

बकुल्ला प्रजातिको चराको जोडी

पोखरा, २६ वैशाखः  पोखराको फेवाताल किनारामा बकुल्ला प्रजातिको चराको जोडी । मंगोलियालगायत स्थानबाट चैतवैशाखका समयमा आउने यी चरा झण्डै तीनचार महिना बिताएर पुनः फर्कन्छन् । तस्वीरः राधिका कँडेल

सराङ्कोट जाने सडकछेउबाट देखिएको पोखरा

कास्की, २२ वैशाख: सराङ्कोट जाने सडकछेउबाट देखिएको पोखरा शहरको दृश्य । हाल लकडाउनका कारण पोखरा ग्रीनजोनमा परिणत भएको छ । तस्वीर: प्रदीपराज वन्त

कास्कीको मनमोहक झरना

कास्की,२२ वैशाखः कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ मा अवस्थित मनमोहक झरना । पोखरा-२५ मिलनचोकबाट सिडिङ जाने बाटोमा पर्ने सो झरना आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ । तस्वीर: कृष्ण दवाडी

झापाको चैतेधान खेती

दमक,२२ वैशाख: झापाको कमल गाउँपालिका-७ मेमेङ टोलका कृषकले लगाएको चैतेधान । कमलका किसानले पछिल्ला वर्षमा चैते धानखेती गर्दै आएका छन् । तस्वीरः यज्ञराज आङ्देम्बे

निगालोबाट निर्मित डोको

डोटी, २१ वैशाख : बिक्री गर्न डोटीको सायल गाउँपालिकाका स्थानीयवासीले बनेको डोको । गाउँमा दाउरा, घास ल्याउन, मल बोक्नलगायत खेतीपातीको काममा सहज हुने भएकाले यहाँ निगालोबाट निर्मित डोकोको माग बढेको

बूढानीलकण्ठ मन्दिरमा मूर्ति सफाइ   

काठमाडौँ,२० वैशाख : बूढानीलकण्ठ मन्दिरमा मानिसको आवतजावत बन्द भएका समयमा मूर्तिको सफाइ गर्दै पुजारी । तस्वीर: चन्द्रकला क्षेत्री

विन्ध्यबासिनी मन्दिरमा बेगनबेली फूलमा रमाउँदै परेवा

पोखरा २० वैशाख: पोखराको विन्ध्यबासिनी मन्दिर परिसमा ढकमक्क फुलेको बेगनबेली फूल । यति बेला फूलले मन्दिरलाई नै सिँगारेको जस्तो देखिएको छ । परेवाहरु पनि प्रकृतिसँग रमाइरहेका छन् । तस्वीर: राधिका

कपिलवस्तुमा देखिएको लोपोन्मुख खैरौ गिद्ध 

कपिलवस्तु, १९ वैशाखः कपिलवस्तुको पल्टा गाउँ नजिकै देखिएको लोपोन्मुख खैरौ गिद्ध । मरेको पशु चौपायाको सिनो खान गिद्ध यस क्षेत्रमा बढी आउने गरेको पाइन्छ । तस्वीरः सनिउल्ला धोबी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.