

म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम जोडने सडक खण्डको बैसेरी क्षेत्रमा स्तरोन्नति गरिँदै । सो सडक निर्माण कार्य तिव्रगतिमा भइरहेको छ ।

दाङ बंगलाचुली गाउँपालिका– ३ दवाङको आधारभूत विद्यालय को वार्षिकोत्सवमा मगर भेषभुषामा प्रस्तुति राख्दै विद्यार्थी । पछिल्लो समय मगर संस्कृति लोप भईसकेको गुनासो बढेका बेला विद्यार्थीहरुले मगर सांस्कृतिक संरक्षण गर्न थालेका

पुर्ननिर्माण प्राधिकरण कोष मार्फत पुर्ननिर्माण गरिएको अस्थायी प्रहरी पोष्ट भवन विदुरको आज उद्घाटन गर्नुहँुदै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । कोष मार्फत पुनःनिर्माण गरिएको तीनवटा भवनको आइतबार एकैसाथ उद्घाटन गरिएको छ

मकवानपुरगढी गाउँपालिका–२ स्थित ऐतिहासिक मकवानपुरगढीमा पर्यटकहरु । नेपाल एकीकरणको इतिहाससँग जोडिएको यस गढीलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेपछि यहाँ पर्यटकको चाप बढ्न थालेको छ ।

पाल्पाको रामपुर नगरपालिका–६ स्थानीय कृषक घनश्याम देवकोटाले व्यावसायिक रुपमा लगाइएको तरकारी खेती ।

तनहुँ व्यास नगरपालिका–१२ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जिल्ला सुधारका लागि सामाजिक उत्थान (डिसु) नेपालले सेनेटरी प्याड वितरण ।

प्रधानमन्त्री केपी सर्मा ओलीसँग आइतवार भेट गर्दै पाकिस्थानका पूर्व प्रधानमन्त्री युसूफ रजा गिलानी ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय समिति गठन गर्न आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा उपस्थितिमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला

पाल्पाको रामपुरको नदी किनारमा आयआर्जनका लागि महिला समूहका सदस्य द्धारा सामूहिक रुपमा आलु खेती लगाउँदै ।