फोटो ग्यालरी

कास्कीको लेखनाथमा रहेको बेगनासतालमा आन्तरिक तथा बाह्य पर्यटनका लागि राखिएका डुङगा । तस्वीर: भीमपाणि बराल, लेखनाथ, कास्की

बागलुङ नगरपालिका–१ रामरेखाका किसान रमेश थापाले बिक्रीका लागि तयार परेको प्याजका बिरुवा । थापाले बर्सेनि प्याजका बिरुवा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन । तस्वीरः तारानाथ आचार्य, बलेवा(बागलुङ

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –१४ पिपलचौरका किसानले खेतमा लगाएको फुल्दै गरेको तोरी । पछिल्लो समय तोरीबालीप्रति किसान आकर्षित बनेका छन । तस्वीरः अमरराज पुन, मुसिकोट

पाल्पा जिल्ला–बगनासकाली गाउँपालिका बगनासका स्थानीयबासीले घाम पानी र मुसाबाट सुरक्षित राख्न सुलीमा राखिएको मकै । तस्विर: कृष्ण दर्नाल, पाल्पा

दाङको पहाडी क्षेत्रबाट बाँसबाट बनेका डोका बेच्न तुलसीपुर बजार ल्याएका एक ब्यक्ति । दाङका बजारमा पडाडी क्षेत्र सल्यान, रोल्पाबाट पनि डोको बेच्न ल्याउने गरिएको छ । तस्वीर: दीपक बोहरा, लमही

शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको मायाँदेवी मन्दिर दर्शन गर्न आईपुगेका पर्यटक । तस्वीर: नारायण ढुङगाना

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे क्षेत्रस्थित बैजनाथ सामुदायिक वनबाट बस्तीमा छिरेको अजिङगरलाई वनका पदाधिकारीले बुधबार उद्धार गरी वनको कार्यालयमा राखेका हुन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

मोरङको मिक्लाजुङ गाउँपालिका ७ स्थानीय डिएगो चेम्जोङले ढुंगाबाट साढे तीन फिट अग्लो वशिष्ठ ऋषिको मूति बनाउँदै । तस्वीर: सुमन घिमिरे, उर्लाबारी (मोरङ)

मौरीको प्रमुख खानामा मानिएको चिउरी, चमेलीलगायतका फुलहरु दाङका जंगलमा प्रसस्त पाइन्छ । यहाँका सामुदायिक वनले प्रतिघार रु २५० देखि ३०० सम्म असुली गर्ने गरेका छन । तस्वीर: रीता लामा, घोराही

कर्णाली राजमार्गदेखि कर्णाली करिडोर तर्ने कर्णाली नदी पुल निर्माण हुने स्थल । तस्वीर: खडानन्द अधिकारी, कर्णाली प्रदेश कालिकोट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.