फोटो ग्यालरी

Sidhilaxmi Mandir Bhaktapur
विश्व सम्पदामा सुचीकृत भक्तपुर दरबार स्वक्यार परिसरमा पुनँनिर्माण गरिएको सिद्धिलक्ष्मी मन्दिर । तस्वीर: चन्द्रकला क्षेत्री, काठमाडौँ

निर्माण कार्य अन्तिम चरणमा पुगेको काठमाडौँको कोटेश्वर–कलङकी सडकखण्डको सानेपा क्षेत्र । तस्वीर: नवीन पौडेल

सीताराम विवाह महोत्सव अन्तर्गत मङगलबार गङगासागरमा आयोजित मटकोर (माटो उतखनन) । तस्वीर: नवीन पौडेल

म्याग्दीको रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोडकेबाट देखिएको सुर्योदयको मनोरम दृश्य । समुन्द्री सतहदेखि २ हजार ४३० मिटर उचाईमा रहेको टोडके सुर्योदय र हिमशृङखलाको अवलोकनको लागि उत्तम ठाउँ मानिन्छ । तस्वीरः कमल खत्री ,बेनी (म्याग्दी)

बागलुङ, ताराखोला गाउँपालिका–४ छम्टुमा गरिएको माछापालन । तस्वीर: रामबहादुर थापा, बागलुङ

जाजरकोट बारेकोट गाउँपालिकाको सेपुखोला बजार । उत्तरपुर्वी क्षेत्रको व्यापारीक थलोको रुपमा यसलाई लिईन्छ । तस्वीर: हेमन्त केसी, जाजरकोट

नेपालको प्रसिद्ध शक्तिपिठ त्रिपुरा सुन्दरी भगवती माईको मेला सोमबार त्रिपुरासुन्दरी भगवतीमाइले न्वागी खाएपछि सकिएको छ । तस्वीर: सीताराम अधिकारी, धादिङ

बि.स १९९३ सालमा बनेको पुरानो बाइसे–चौबीसे राज्यको अस्तित्व तथा इतिहास बोकेको बाजुराको काँडा दरबार मर्मत सम्भारको अभावमा जीर्ण बन्दैर । तस्वीर: गंगराज पण्डित, बाजुरा

घोराहीस्थित नेपाली सेनाको रिपुमर्दन गणले राष्ट्रिय सेवा दल (एनसीसी) कार्यक्रमअन्र्तगत गोरखाका विद्यार्थीलाई विभिन्न प्रकारको ७९ दिने तालीमपछि आफुले सिकेको कला देखाउँदै विद्यार्थी । तस्वीर: रीता लामा, घोराही (दाङ)

थारु समुदायको परम्परागत नृत्य प्रस्तुत गर्दै दाङ घोराही स्थित गोर्खा उच्च माविका विद्यार्थीहरु । तस्वीर: नवीन नेपाली, नारायणपुर, दाङ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.