फोटो ग्यालरी

Sirak Dasana Banaudai
धनगढी बजारमा बिहीबार सिरक डसना बनाउने उद्योगमा काम गर्दै स्थानीय महिलाहरु । सिरक डसना तयार गर्दा गरिने सिलाईको कामबाट महिलाले प्रति गोटा सिरकबाट रु १०० देखि १२० सम्मको ज्याला पाउन थालेका छन । तस्वीर: सिद्धराज भट्ट, धनगढी

कालिगण्डकीको काखमा मनमोहक बागलुङको कुँडुले फाँट । बस्तीको नजिकै रहेको फाँटमा तरकारी तथा नगदेवाली धेरै लाइने गरिएको छ । तस्वीर: तारानाथ आचार्य, बलेवा (बागलुङ)

बागलुङ, काठेखोला गाउँपालिका–८ थामाको नेटाबाट देखिएको अन्नपूर्ण हिम शृङखला । तस्वीर: रामबहादुर थापा, बागलुङ

भैरहवामा जारी सातौ लुम्बिनी राष्ट्रिय महोत्वसमा भईरहेको कुस्ती प्रतियोगितामा आफनो शरीरमाथी ट्याक्टर चढाएर साहशीक खेल प्रदर्शन गर्दै पन्जाब भारतबाट आएका अली पहलमान । उहाँले मानसिंह पहलमानलाई हराएर १५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको थियो । तस्वीरः नरेश के.सी, लुम्बिनी ।

बागलुङको ताराखोलाका मगर समुदायले मनाउने सिस्नो खोस्ने पर्वमा भेडाको साँड नचाउँदै मगर समुदाय । मगर समुदायले मनाउने ऐतिहासिक मेलामा भेँडाकोे साँडलाई विधिपूर्वक पुजा गरी नचएर बलि दिने प्रचलन रहिआएको छ । तस्वीरः तारानाथ आचार्य, बलेवा (बागलुङ)

Panchkotdham, Baglung
बागलुङ पञ्चकोट धाममा तस्वीर खिचाउँदै आन्तरिक पर्यटक । तस्वीरः तारानाथ आचार्य, बलेवा (बागलुङ)

Tori Kheti, Dang
फल लाग्दै गरेको तोरी । तोरीको पकेट क्षेत्रका रुपमा रहेको दाङमा तोरी फल्न थालेको छ । तस्वीर: दीपक बोहरा,लमही (दाङ)

Vuwa Nach
डोटीको तिखा गाउँमा भुवा नाँच खेल्दै स्थानीय खेलाडी तथा कलाकारहरु । तस्विर: विमलबहादुर विष्ट, डोटी

Dhan Osaudai
तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ लहलौराका किसानहरुले परम्परागत प्रणालीबाट धान ओसाउँदै । प्रबिधिको बिकाससँगै यो प्रणाली लोप हुँदै गएको छ । तस्वीर: दीपक बोहरा,लमही(दाङ)

Ramjanaki Mandir
बिवाह पञ्चमीको अवसरमा जनकपुरधामस्थित रामजानकी मन्दिर परिसरमा भक्तजनको भीड । तस्वीर: नविन पौडेल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.