फोटो ग्यालरी

शंखरापुर प्याराग्लाइङिद्वारा सञ्चालित शंखरापुर नपा २ स्थित जहरसिंहपौवामा प्याराग्लाईडिङको मज्जा लिदैँ पर्यटक साथै हिम शृङखलाको सुन्दर दृश्य । तस्वीर: आदित्य दाहाल साँखु, काठमाडौँ ।

पाल्पाको निस्दी गाउँपालिका १ बाकामलाङ्गमा बन्दा खेतीमा चलेको आईपिएम कृषक पाठशालामा आबद्ध कृषक तरकारी लगाउन तयारी गर्दै । तस्वीर: सुशिला रेग्मी, बेझाड (पाल्पा)

मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धाराको जल अर्चदै भक्तजन । धाराको पानी बरफ जमेका कारण चिप्लिएर लड्न थालेपछि धारा परिसरमा सफा गर्दै भक्तजन । तस्वीरः हरि बाँस्तोला, पोखरा

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका २, ढुंखर्कका कृष्णप्रसाद तिमल्सिनाले सञ्चालन गरेको लालीगुराँस खुवा उद्योगमा खुवा घोटदै सानुमाया स्याङतान । खुवा उद्योगमा६ जनाले रोजगारी पाएका छन । तस्बिर: पेमा लामा,बनेपा

पुरातात्विक सम्पदा नुवाकोट भैरवी मन्दिरको पुनः निर्माणकालागि टुँडालमा बुट्टा कुँददै कालीगढ । तस्वीरः जमुना गजुरेल, नुवाकोट

जनकपुरको गङगासागरबाट देखिएको सुर्योदय । तस्वीर: नवीन पौडेल

कञ्चनपुरको कृष्णपुरका राना थारू समुदायका व्यक्ति परम्परागत सीपको प्रयोग गर्दै खटिया बुन्दै । थारू समुदायले प्रयोग गर्ने खटियाको व्यावसायीकरण नहुँदा ओझेलमा पर्न थालेको छ । राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

पर्वतको कुश्मा नगरपालिका २ मा पर्ने काली गण्डकी नदी किनारमा स्काभेर प्रयोग गरेर गिट्टी बालुवा निकाल्दै गर्दा बागलुङको वलेवाबाट देखिएको दृश्य । तस्वीर: तारानाथ आचार्य, बलेवा (बागलुङ)

इलाम र पाँचथर जिल्लाको सीमावर्ती देउराली बजारबाट देखिएको कुम्भकर्ण हिमालको सुन्दर दृश्य । तस्वीर: गोविन्द लामिछाने, इलाम

कास्कीको पर्यटकीय सिक्लेस गाउँमा पराम्परागत शैलीमा बनेका घरहरु । सिक्लेसबाट देखिएको सुन्दर अन्नपूर्ण हिमाल । तस्वीरः हरि बाँस्तोला, पोखरा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.