फोटो ग्यालरी

चितवनको सौराहामा पहेंलपुर भएर फुलेको तोरी । तोरी उत्पादनका हिसाबले महत्वपूर्ण जिल्लाको रुपमा चितवनलाई लिइन्छ । तस्वीरः नारायण ढुंगाना

गोरखाकोे मनकामनास्थित ढाँटबारीमा बोटबाट टिपेर ल्याएको सुन्तला बिक्रीका लागि बजार लैजानु अघि ठूलोसानो छुट्याइँदैै । यहाँ पुुस महिना लागेसँगै सुन्तला टिप्न शुरु हुन्छ । मनकामनाको सुन्तला नेपालकै प्रख्यात मानिन्छ । तस्वीर: दीपक श्रेष्ठ

पाल्पाको रामपुर नगरपालिका– ७ बहखोलाचोक बस्ने कृषक सुकदेव न्यौपानेले लगाइएको काउली खेती । पाँच रोपनी जग्गामा काउली खेती व्यावसायबाट मनग्य आम्दानी गरेका छन । तस्वीर: सुशिला रेग्मी, बेझाड (पाल्पा)

बागलुङको ताराखोलाका किशानले उत्पादन गरेका मुलाबाट बनाइएको धजरा । हिउँदको समयमा बनाइएको मुलाको धजारा स्थानीयले तरकारी र अचारका लागि १२ महिना प्रयोग गर्ने गरेका छन् । तस्वीर: तारानाथ आचार्य, बलेवा (बागलुङ)

अजिंगर भिरमा सडक बन्दै म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ मा रहेको अजिंगर भिरमा पुगेर रोकिएको सडक निर्माण कार्य । चिमखोला, कुईनेमंगलेलगायतका क्षेत्रका बासिन्दालाई सडक सञ्जालसँग जोड्नको लागि यो सडक निर्माण गर्न यसवर्ष भौतिक तथा यातयात मन्त्रालयबाट रु २ करोड बजेट विनियोजन भएको छ । तस्बीर: कमल खत्री, बेनी (म्याग्दी)

नदीमा गुड्दै सवारीम्याग्दीको मंगला गाउँपालिकाको बावियाचौर र अर्मनको बीचमा रहेको म्याग्दी खोलामा जोखिम मोलेर सवारीसाधन वारपार गराइँदै । पक्की पुलको अभाबमा यहाँ हिउँदयाममा सवारीसाधनलाई खोलामै जोखिम मोलेर वारपार गराइँदै आईएको छ । तस्वीर: कमल खत्री ,बेनी, (म्याग्दी)

बागलुङ बजारको रामरेखाबाट मंगलबार विहान देखिएको धौलागिरि हिमालको दृश्य । तस्वीरः सुवास गौतम, गलकोट (बागलुङ)

देशमा दिगो शान्तिको कामना गर्दै नेपाली राष्ट्रिय झण्डा बोकेर मेची महाकाली यात्रामा निष्कनु भएका काठमाण्डौं कालिमाटीका ६२ बर्षिय लक्ष्मीनारायण शिल्पकार भीमदत्तनगरमा । शिल्पकारले १२ बर्ष देखि नेपाली राष्ट्रिय झण्डा बोकेर देशयात्रामा रहेका छन् । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

कञ्चनपुरको भीमदत्तनगरपालिकाको टुँडीखेलबाट देखिने महाकाली नदीको मनोरम दृश्य । यस क्षेत्रमा नगरपालिकाले साहसीक जलयात्राका लागि संभाव्यता अध्ययन गरेको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरमा हिउँ पर्दै । सोमबार रात्तिदेखि हिउँ लगातार परेपछि भारतको दार्जिलिङ्ग भएर सन्दकपुर पुगेका पर्यटक समस्यामा परेका छन् । तस्वीर: गंगा पराजुली, पशुपतिनगर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.