फोटो ग्यालरी

म्याग्दीको दुर्गम मुनागाउँबाट देखिइएको धौलागिरी हिमालको दृश्य । तस्वीर: ध्रुवसागर शर्मा, गलेश्वर, म्याग्दी

कास्कीको अर्घौ अर्चलेमा संरक्षण गरेर राखिएको कवि शिरोमणि लेखनाथ पौडेलको जन्मघर । तस्वीर: भीमपाणि बराल, लेखनाथ कास्की

म्याग्दीको धौलागिरि गाउँपालिका १ गुर्जाको हिमाली भेगमा चिसो बढेसँगै बेसीमा झारिएको भेडीगोठ । तस्बिरः कमल खत्री, बेनी(म्याग्दी)

कला र संस्कृतिको संरक्षण गर्न तेस्रो जाजरकोट महोत्सवमा मयूर नाच प्रस्तुत गर्दै स्थानीय कलाकार । तस्वीरः हेमन्त केसी, जाजरकोट

भक्तपुरको मध्यपुर थिमिस्थित दथुटोलमा नवदुर्गा नाच प्रस्तुत गर्दै नवदुर्गा देवगण । नाच शुक्रबारसम्म सञ्चालन हुनेछ । तस्बिर: रत्न श्रेष्ठ

चितवनको सौराहामा जारी चितवन हात्ती महोत्सव’ अन्तर्गत बिहीबार भएको हात्तीपोलो प्रतियोगिता । एनआरएन हङकङ र युनाइटेड हात्ती सहकारी संघबीच मैत्रीपूर्ण हात्तीपोलो खेल सम्पन्न भएको हो । तस्वीर: कृष्ण आचार्य, भरतपुर

नुवाकोटको किस्पाङ गाँउपालिका–३ काहुलेमा घट्ट सञ्चालन गर्दै आउनुभएका स्थानीय चिमुमायाँ तामाङ । बर्खायाममा एकवटा र हिउँदयाममा तीन वटासम्म घट्ट चलाएर उहाँले अन्नबाली पिसानी गरेबापत ज्याला स्वरुप दैनिक दुई पाथी अन्नबाली आम्दानी गर्नुहुन्छ । विद्युतीय मिलमा भन्दा पानीबाट चल्ने घट्टमा पिसानी गरेको पिठो स्वादिलो हुनेहुँदा स्थानीयबासीको रोजाईमा घट्ट पर्ने गरेको छ । तस्वीर: रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट)

स्मार्ट भिलेजको रुपमा सुभारम्भ गरिएको लमजुङको क्व्होलासोंथर गाउँपालिका ३ मा रहेको घलेगाउ । तस्वीर: समुन्द्रा घिमिरे, लमजुङ

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको व्यवसायिक रेन्बो ट्राउट । गाउँपालिका भित्रको मेलम्ची खोला किनारमा सात वटा व्यवसाय ट्राउट फर्म रहेको छ । तस्वीर: देवराज सुवेदी , सिन्धुपाल्चोक

रत्ननगर नगरपालिकास्थित निपनीमा हिउँदे मकै गोड्दै महिला कृषक । तस्वीर: सुरेन कुँवर, रत्ननगर, चितवन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.