फोटो ग्यालरी

इलामको फाकफोकथुम गाउँपालिका ३ आमचोकमा दारका ठेकी बनाउँदै मोरङ, शनिश्चरे पथरी नगरपालिकाका गंगा विक । दारको ठेकी रु. एक हजार ५०० देखि रु. १२ हजारसम्ममा बिक्री गर्ने गर्दछन । तस्वीरः गोविन्द लामिछाने, इलाम

धनगढीको भादा गाउँमा आयोजित थारु होम स्टे गाउँ भादा महोत्सवमा सखिया नृत्य प्रस्तुत गर्दै थारु समुदायका महिला । तस्वीरः तिलकराज ओझा, कैलाली

तुलसीपुर उपमहानगरपालिका १६ रावतगाउँका अमृत धितालले आधुनिक ‘हाईड्रोपोनिक’ प्रबिधिबाट तरकारी उत्पादन गर्नका लागि तयार पारेका बकेटहरु । बिद्युतबाटै तरकारी उत्पादनका लागि चाहिने पानी,खाना इत्यादी पु-याउन सकिन्छ । तस्वीर: दीपक बोहरा, लमही, दाङ

कैलालीको कैलारी गाउँपालिका ७ छोटकी बसन्ता गाउँमा फुर्सदका बेला परम्परागत माटाका चूलो निर्माण गर्दै महिला । तस्बिर: मीन ठकुरी,(अत्तरिया) कैलाली

झापाको गौरादह नगरपालिका ५ मा महारानीझोडा साना किसान सहकारी संस्थाले नमूना कृषि परियोजनाअन्तर्गत ५ विगाहा जमीनमा बिउका लागि लगाइएको तोरीबाली । तस्वीरः चन्द्रकला भण्डारी, झापा

सुर्खेतबाट अग्निपीडितका लागि राहत सामग्री लिएर कालिकोटको पलाता जाने क्रममा जितेगडास्थित कर्णाली नदीमा सञ्चालित …फेरी’ बाट ट्रक तारिँदै । कर्णाली करिडोरमा चल्ने यातायातका साधनहरुले ‘फेरी’कै सहायता लिई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । तस्वीर: प्रकाश अधिकारी, सुर्खेत

जाजरकोट नलगाड नगरपालिका वडा १० चौखास्थित ताँसुगाड खोलामा पुल नहुँदा यातायातका साधनहरु आवत, जावत गर्न समस्या भएको छ । तस्वीर: हेमन्त केसी, जाजरकोट

भोजपुरको पर्यटकीयस्थल मैयुङ्गमा डाँडामा रहेको हाँस पोखरी । जुन स्थानको अवलोकनको लागि सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गर्दछन् । मैयुङ्गडाँडा भोजपुर बजारबाट ८ कोश टाढा रहेको छ भने, समुन्द्री सतहबाट ३ हजार ३३३ मिटर उचाइमा अवस्थित रहेको छ । तस्वीर: युवराज विष्ट, भोजपुर

कालिकोटको जितेगडास्थित कर्णाली नदीमा ‘फेरी’ को सहायताले ट्रक तारिँदै । पुल निर्माणमा ढिलाइ हुँदा कर्णाली करिडोरमा चल्ने यातायातका साधनहरुले ‘फेरी’कै सहायता लिई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । तस्वीर: प्रकाश अधिकारी, सुर्खेत

बाग्लुङ्गको बडिगाड गाँउपालिकाको भिमगिठे देखी गुल्मीको भुवाचिदी सम्मको जलयात्राको परीक्षण गर्दै गाँउपालिकाका अध्यक्ष,पत्रकारलगायत । तस्वीरः कौरव खत्री गुल्मी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.