फोटो ग्यालरी

जुम्लामा हिमपात भएपछि हिउँसँग रमाउँदै स्थानीय बालबालिका । तस्वीर: विजय रावत,खलंगा (जुम्ला)।

रुकुम भुमे गाउँपालिका क्याङसि भन्ने गाउँबाट मगर बस्ती खोज्दै दाङ आइपुगेका नचारु नाच दाङको घोराहीमा आफनो कला देखाउँदै । अठार मगरातअन्र्तगत पर्ने यी मगर जातिहरुले मङसिरदेखि पुसको अन्तिमसम्म घर छोडेर विभिन्न मगरजातिको बस्ती खोज्दै नाच देखाउँदै हिडछन र माघेसक्रातीको दिन गाउँ पुग्दै पर्ने परम्परागत नियम छ । तस्विर: रीता लामा, घोराही (दाङ)

नुवाकोटको तादी गाँउपालिका–१ उर्लेनीका ७बmउस६ वर्षीय बीरबहादुर तामाङ भूकम्पको समयमा गएको पहिरोले विस्थापित भएर हाल तादी–४ सल्ले (बाघमारा) स्थित आफनो घरको परिसरमा निगालोको चोयाबाट डाली बन्दै । तस्वीर: रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट)

काठमाडौँको कीर्तिपुरबाट देखिएको रमणीय दृश्य । तस्वीर: चन्द्रकला क्षेत्री

पश्चिम नवलपरासीको सुनवल–४ स्थित डाकापानी सिमसार क्षेत्र । स्थानीयवासीले संरक्षण गरेपछि अहिले त्यहाँ आन्तरिक पर्यटकको संख्या बढ्दो छ । तस्बिर: मोहन पौडेल, परासी

दुवै आँखा नदेख्ने बेनी नगरपालिका २ फापरखेतका आइतबहादुर परियार गिटटी कुटदै । परियारले विगत ५ वर्षदेखि गिटटी कुटेर नै परिवार पाल्दै आएका छन । तस्वीर: ध्रुवसागर शर्मा, गलेश्वर, म्याग्दी

तनहुँको घिरिङ गाउँपालिका ३ स्थित सुन्धारा पुगेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी जवान धुलाम्य अवस्थामा । प्रहरी कार्यालयको जिपको पछाडि बसेर सुरक्षा प्रदान गर्ने प्रहरीलाई ग्रामीण सडकमा सास्ती हुने गरेको छ । तस्बिर: कृष्ण न्यौपाने, दमौली, (तनहुँ)

नुवाकोट र रसुवाका सिमानामा पर्ने वेत्रावतीस्थित उत्तरगयामा पुसे औंशीका दिन शनिबार विभिन्न जिल्लाबाट पित्रृ मुक्तिका लागि श्राद्ध गर्न आएका भक्तजनको भीड । तस्वीर: नारायण ढुंगाना

ओखलढुंगाको मोलुङस्थित कुल खोलामा तल मोटरवल पुल र माथी मान्छे हिँडने झोलुङगे पुल । तस्बिर: पूर्णप्रसाद न्यौपाने, ओखलढुंगा

कपिलवस्तुको तकियवामा खाद्यन्न राख्न माटोको डेहरी बनाउँदै एक महिला । पछिल्लो समय डेहरी बनाउने चलन हराउँदै गएको छ । तस्वीरः सनिउल्ला धोबी, कृष्णनगर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.