फोटो ग्यालरी

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ देवीस्थानडाँडामा शनिबार घोडा चढेर मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । सो स्थानमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक यहाँ रहेकोे चुच्चे ढुंगामा चढेर मनोरञ्जन लिने गर्छन । तस्बिर: पेमा लामा, बनेपा

कर्णाली नदी किनारस्थित अछामको रमणीय तुल्तागाउँ । कर्णाली राजमार्गको दैलेख खण्डबाट देखिने यो रमणीय दृश्य हेरेर यात्रुहरु आनन्द लिने गर्दछन । तस्बीर: प्रकाश अधिकारी, सुर्खेत

जुम्लाको तिला गाउँपालिका वडा नं ४ मा जीर्ण अवस्थामा रहेको काठेपुल पार गर्ने क्रममा पुल भाँच्चिएर थिचिएको घोडा । तस्विर: विजय रावत, खलंगा (जुम्ला)

पर्यटकीयस्थल पुन हिलमा फोटो खिचाउँदै पर्यटक । तस्वीरः वासुदेव पौडेल

जाजरकोट-डोल्पा सडक खण्डको बीचमा पर्ने डोल्पाको त्रिपुरकोट नगरपालिकाको त्रिपुरासुन्दरी मन्दिर, त्रिपुरकोट गाउँलयातयको रमणीय बस्तीहरु । तल्लो डोल्पाको त्रिपुराकोट मुख्य व्यापारिक केन्द्रको रुपमा स्थापित छ । तस्वीर: हेमन्त केसी, जाजरकोट त्रिवेणी

बारेकोट गाउँपालिका जाने घोडेटो बाटोको बीचमा पर्ने कुशेगाउँपालिका १ देखि बारेकोट गाउँपालिकाको सिमाना रहेको हाँनीसल्लाको बाटोमा हिउजमेपछि दैनिक घोडा, खच्च्डदेखि स्थानीयलाई आवतजावत गर्न समस्य भएको छ । तस्वीर हेमन्त केसी,जाजरकोट

माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा मङ्गलबार झापाको कनकाई नदीमा मकर स्नान तथा पूजाअर्चना गर्न आएका श्रद्धालु भक्तजन । तस्वीर: सन्तोष शर्मा, झापा

माघे सक्रान्ति पर्वको अवसरमा प्राचीन ढुङ्गेसाँघु मेलास्थल सेतीनदीको सीताघाटमा मंगलबार बिहानै स्नान गर्दै श्रद्धालु भक्तजन । तस्वीर: हरि बास्तोला, पोखरा

कालिकोटको दुर्गम नरहरिनाथ गाउँपालिकाको बिरामीलाई स्ट्रेचरमा उपचारका लागि सदरमुकाम मान्म खाँडाचक्रममा लगिँदै । तस्विरः शुरबहादुर सिंह, सुर्खेत ।

खैरेनीटारमा जारी प्रथम शुक्लागण्डकी जनजाति तथा सांस्कृतिक महोत्सवमा बिक्रीका लागि राखिएका हस्तकलाका सामग्री । तस्बिर: कृष्ण न्यौपाने, दमौली, तनहुँ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.