फोटो ग्यालरी

बाजुराको बुढीगंगा नगरपालिका ३ का स्थानीय युवक भीमबहादुर रौले लालीगुँरास टिप्दै । वनमा लालीगुँरास फुलेपछि यहाँका स्थानीयहरु रमाउन थालेका छन । जलवायु परिवर्तनका कारण फागुनमा फुल्ने लालीगुँरास माघ अघि नै फुलेको छ । तस्वीर: प्रेम रौले, बाजुरा (मार्तडी)

चीनको राजधानी बेइजिङभएर अन्य सहरमा चल्ने तीव्रगतिका रेल । यो रेल प्रतिघण्टा ३५० किलोमिटरसम्म गुडने गर्छ । तस्वीर: रत्न श्रेष्ठ

म्याग्दीको मालिका गाउँपालिक ३ मा अवस्थित रुमणीय रुम गाउँ । तामा र ढुंगाखानी रहेको रुमको मुख्य आम्दानीको श्रोत वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स र कृषिजन्य उत्पादन रहेको छ । छरिएर रहेका बस्तीका कारण सरकारी सेवासुविधा उपलब्ध गराउन समेत समस्या भइरहेको छ । तस्वीर: ध्रुवसागर शर्मा, गलेश्वर, म्याग्दी

म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेको धौलागिरि हिमालको फेदी नजिकै पर्ने रिखार खर्कमा चरिरहेका भेडाहरु । यस क्षेत्रका स्थानीयबासीले मुख्य व्यावसाय भेडापालन गरेका छन । तस्वीर: कमल खत्री, बेनी, म्याग्दी

दैलेखको नौमूले गाउँपालिकास्थित लोहोरे खोला किनारमा रहेको पानीबाट चल्ले पानी घट्ट । जसबाट मकै, गहुँ, कोदो, फाफरजस्ता खाद्य पदार्थ पिस्ने गरिन्छ । जिल्लाका विभिन्न क्षेत्रमा विद्युतीय मेशिनबाट चल्ने उद्योग सञ्चालनमा आएपछि रैथाने पानी घट्ट लोप हुने अवस्थामा पुगेको छ । तस्वीर: हिक्मतबहादुर नेपाली, दैलेख (दुल्लु)

सुनसरी सदरमुकाम इनरुवा ३ मा खुल्ला ठाउँमा बसेको भेडा–भेडी । केही वर्षदेखि सुनसरीमा भेडा–भेडी लोप हुँदै गएको छ । तस्वीर: अजितकुमार झा, इनरुवा

सेती नदीले तनहुँको दुलेगौंडामा चट्टान कटान गरेपछि बनेको दृश्य । तस्वीरः वासुदेव पौडेल

तनहुँको देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिका जोडने सेती नदीमाथि निर्माण गरिइएको अस्थायी कजवेबाट गाडी तारिदै । गाउँपालिकाले करिब रु नौ लाखको लागतमा निर्माण गराइएको कजवे आगामी जेठसम्म मात्रै प्रयोगमा आउँछ । तस्वीर: कृष्ण न्यौपाने, दमौली, (तनहुँ)

पाल्पा रामपुर तालपोखरामा रयाफ्टिङ्ग डुङगामा सयर गर्दै आन्तरिक पर्यटक । हालैमात्र ल्याइएको रयाफ्टिङ्ग डुङगा चढनेको आकर्षण बढदो छ । तस्बिर: सुशीला रेग्मी, बेझाड (पाल्पा)

स्थानीयस्तरमा उत्पादित उखुबाट कोल्हुमा प्रशोधनगरी गुड बनाउँदै डोटीका महिला । तस्वीर: विमलबहादुर बिष्ट, डोटी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.