फोटो ग्यालरी

बागलुुङको काठेखोला गाउँपालिका–५ घोडाबाँधेमा हिउँ खेल्दै आन्तरिक पर्यटक । तस्वीर: रामबहादुर थापा, बागलुुङ

हिउँले ढाकेको जाजरकोट कुशेगाउँपालिकाको पाँचकाटिया बस्ती । हिउँले ढाकेपछि सो बस्ती सेतामे हुनुका साथै यातायात सेवासमेत अवरुद्ध भएको छ । तस्वीर हेमन्त केसी, जाजरकोट

नुवाकोटको दुप्चेश्वर गाँउपालिका ७ मा अवस्थित शिखरबेंसी फाँट । नुवाकोटको प्रख्यात समुन्द्रफिनी धान फल्ने यस फाँट पछिल्लो समय बस्ती निर्माण र उन्नत जातका धानप्रति किसानको मोहका कारणबाट बाझो रहेको खेत । तस्वीर: रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट)

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा पहेँलपुर बनेको तोरीको फाँट । यहाँको तोरीखेती स्थानीयको आयआर्जन र आन्तरिक पर्यटकका लागि आकर्षण बनेको छ । तस्बिर: कमल खत्री, बेनी (म्याग्दी)

समुन्द्र सतहदेखि दुई हजार ९०० मिटरको उचाइमा रहेको तेह्रथुम र संखुवासभाको सीमास्थित हिउँले ढाकेको गुफापोखरी । सो पोखरी क्षेत्र गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रकै उत्कृष्ट गन्तव्य हो । तस्बिर: प्रकाश धौलाकोटी, तेह्रथुम

हुम्ला सिमकोटको विमानस्थलमा शुक्रबार हिमपातले पुरै ढाकेपछि हिउँ पन्छाउने कार्य सुरु भएको छ । हवाई सेवा सञ्चालनमा आउन अझै केही दिन लाग्ने छ । तस्वीर: दाने बोहरा हुम्ला

बाजुरा जिल्लामा निरन्तर तीन दिनसम्म अविरल वर्षासँगै परेको भारी हिमपातले मार्तडी–कोल्टीसडकखण्ड अवरुद्ध भएपछि पोरखे लेखमा हिउँ पन्छाएर बाटो बनाउँदै स्थानीयहरु । तस्वीर: प्रेम विक

shows the five cloned monkeys with circadian rhythm disorders. China has cloned five monkeys from a gene-edited macaque with circadian rhythm disorders, the first time multiple monkeys have been cloned from a gene-edited monkey for biomedical research. Scientists made the announcement Thursday, with two articles published in National Science Review, a top Chinese journal in English. The cloned monkeys were born in Shanghai at Institute of Neuroscience of Chinese Academy of Sciences. (Xinhua/Institute of Neuroscience of Chinese Academy of Sciences)

क्रोसियोको डेलनाइस शहर नजिक हिउँले भरिएको जंगलमा चर्दै गरेको मृग । तस्विरः सिन्ह्वा ।

बिहीबार पोखराबाट देखिएको सुन्दर माछापुच्छ्रे हिमाल । तस्वीरः हरि बाँस्तोला, पोखरा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.