फोटो ग्यालरी

भोजपुरको षडानन्द नगरपालिका १३ वोयामा अन्य बालीलाई हटाएर घर परिपरि लगाएको अलैँची । पछिल्लो यहाँका कृषकहरु अलैँची खेतीतर्फ आकर्षित हुन थालेका छन । तस्वीर: युवराज विष्ट, भोजपुर

रसुवामा बाँध र नुवाकोटमा उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको ३०–३० मेगावाट क्षमताका टर्बाइन र जेनेरेटर जडान गरिँदै । आगामी असारभित्रै विद्युत उत्पादन गर्ने लक्ष्य रहेको यस आयोजनाको समग्र काम हाल ९५ प्रतिशत पूरा भएको छ । तस्वीर: रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट)

हिमपात रोकीए पछि मनाङमा हिउँ खेल्न पुगेका आन्तरीकपर्यटक नासों गाउँपालिका दानाक्युको उकालोमा हिउँ छेपेर रमाउँदै । तस्वीर: नवीन लामिछाने

हिमपातले बन्द भएको सिमकोट विमानस्थल मङगवार दिउँसोबाट सञ्चालनमा आएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी वलले विमानस्थलको हिउँ पन्छाएपछि तारा, सिता, समिट, एयरलाईन्सले हुम्लामा उडान भरेका छन । तस्वीर: दाने बोहरा, हुम्ला

ऐतिहासिक शहर दोलखा बजार र हिमपातपछि हिँउले सेताम्य देखिएको गौरिशंकर हिमाल दृश्य । तस्वीर: प्रभु जिरेल, चरिकोट

राजधानीको बागबजारस्थित काम्यक स्कुलमा वसन्त पञ्चमीको अवसरमा आयोजित सरस्वती पूजा महोत्सवमा सहभागी हुँदै विद्यार्थीहरु । तस्विर: टेकनाथ न्यौपाने

कञ्चनपुरको पिपलाडीका थारु समुदाय विवाहका अवसरमा बेहुला, बेहुलाका भिनाजु परम्परागत रुपमा बर्छिमा माछा, सालको पात, मदिरा बोकेर घर परिक्रमा गर्दै । यसरी सगुन बोकेर जानेलाई थारु भाषामा गञ्जवा भन्ने गरिन्छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

हुम्लाको सिमकोट विमानस्थलमा चार दिन देखि अवरुद्ध भएको हिउँ पन्छाउदै नेपाल प्रहरी, ससस्त्र प्रहरी वल । तस्वीर: दाने बोहरा हुम्ला

प्रदेश नं. १ र २ को सीमानामा पर्ने सप्तकोशी ब्यारेजबाट अस्ताउँदै गरेकोे सुर्यको एक दृष्य । तस्वीर: अरुणकुमार यादव, राजविराज

म्यानमारको बगानामा बुधबार सूर्यास्त हुँदा देखिइएको मनमोहक दृश्य । म्यानमारको ऎरावती नदी नजिकै सूर्यास्तको तस्वीर कैद गर्न विश्वको फोटो पत्रकार तथा पर्यटक आउने गरेको पाईन्छ । तस्वीर: सनिउल्ला धोबी, कृष्णनगर, हाल म्यानमार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.