फोटो ग्यालरी

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं. २ जोरपाटीका किसान खेतमा आलु खन्दै । आलुको सिजनमा पनि आलुको उचित मूल्य नपाउँदा किसान चिन्तित बनेका छन । तस्बिर: पेमा लामा, बनेपा

तनहुँको शुक्लागण्डकी नगरपालिका ९ स्थित ढोरवाराही मन्दिरमा दर्शन गर्न लामबद्ध भक्तजन । तस्वीर: कृष्ण न्यौपाने, दमौली, (तनहुँ)

पोखरास्थित पातले छांगा (देविड फल्स)को मनोरम दृष्य । हाल यहाँ पानीको वहाव निकै कम भएको छ । तस्वीर: रत्न श्रेष्ठ

पोखरास्थित विश्व शान्ति स्तुपाबाट देखिएको फेवाताल र वरिपरिको मनोरम दृष्य । तस्वीर: रत्न श्रेष्ठ

बाजुरा, हुम्ला र मुगुको बीचमा पर्ने कवाडी क्षेत्र । जुन ठाउँबाट देशकै लामो नदी कर्णाली बग्छ । तस्वीर: गंगराज पण्डित, बाजुरा

समुन्द्री सतहबाट चार हजार ९१९ मिटरको सर्वाधिक उचाइमा रहेको मनाङ नेस्याङ गाउँपालिका वडा नं ९ स्थित तिलिचो ताल । तस्वीरः नविन लामिछाने, मनाङ,

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा गत हप्ता परेको बाग्लो हिमपातका कारण हाल सम्म पनि हिउँ नपग्लिदा मन्दिर दर्शन गर्न आउने भक्तजनहरु लाई समस्या परेको छ । तस्वीर: निरज थकाली, ठिनी मुस्ताङ) ।

कास्कीको फेवाताल किनारमा बुधबार साँझ आरती गरिँदै । तस्वीरः रोशन सापकोटा

६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा विविध सांस्कृतिक झलकसहितका झाँकी प्रस्तुत गरिदै । तस्बिर: रोशन सापकोटा

झुलुंगे पुल नहुँदा ज्यान जोखिममा राखेर सेती नदि गर्दै डोटीको बाफिका स्थानिय । तस्वीर: विमलबहादुर विष्ट, डोटी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.