फोटो ग्यालरी

१ हजार ३०० वर्ष अघिको दरबारका अजयमेरु गाउँपालिका २ हाटस्थित अजयमेरु कोट तत्कालीन समयका अदभुत कलाकृति भएका ढुंगादेखि थुप्रै ऐतिहासिक स्तम्भहरु रहेको अजयमेरुकोट देवलहरु अतिक्रम हुन थालेपछि संकटमा पर्दै गएको छ । तस्वीर: करन ताम्राकार, अमरगढी, डडेल्धुरा

डोल्पाको उत्तरी क्षेत्रअन्तर्गत उपल्लो डोल्पामा पर्ने मोरिम्ला र क्याटो नाकासम्म खाद्यान्न ढुवानीका लागि चीनको तीब्बतमा ट्रकमा चामल र नुन ल्याँइदैँ । डोल्पाबाट खाद्यान्न ढुवानी गर्दा महँगो पर्ने भएकाले प्रत्येक वर्ष तिब्बत हुँदै उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्ने गरिन्छ । तस्वीर: रामचन्द्र न्यौपाने, डोल्पा

७५० मेघावाट क्षमता भएको पश्चिम सेती जलविधुत आयोजना मुख्य बाध तथा प्रभावित क्षेत्र बैतडीको शिगाँस गाउँपालिका । तस्बीर: करन ताम्राकार, अमरगढी (डडेल्धुरा)

मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका ५ सम्ले स्थित ढुम्बा तालको पानी जमेर बरफ भएपछि तालको बिचमा तस्वीर खिचाउँदै आन्तरिक पर्यटक । तस्वीर: निरज थकाली ठिनी मुस्ताङ

दोलखाको प्रशिद्ध धार्मिकस्थल कालिन्चोकको कुरीमा हिँउसँग रमाउँदै पर्यटकहरु । राजधानीको नजिकै रहेको र सहजरुपमा सडक यातयातले जोडिएको कालिन्चोकमा पछिल्लो समय हिँउ खेल्न आउनेहरुको सङख्या बाक्लो रहेका छन । तस्वीर: प्रभु जिरेल, चरिकोट

बाजुरा जिल्ला बडीमालिका नगरपालिका–३ रजालीका स्थानीय निगालाको डोको बुन्दै । निगालाबाट विभिन्न प्रकारका डोको, भकारी, डाला बुन्नेर । आम्दानीका स्रोत बनाएका छन । तस्वीर: प्रेम रौले, बाजुरा

जुम्लामा लगातार हिमपात भएपछि यहाँका अग्ला हिमाल पुरै हिउँले ढाकिएको पातारासी हिमालको दृश्य । तस्वीर: विजय रावत खलंगा (जुम्ला)

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ मुक्तिनाथमा हिमपातपछि दुखिएको विश्व प्रसिद्ध मुक्तिनाथ मन्दिरको रमणीय दृश्य । तस्वीर: निरज थकाली, ठिनी (मुस्ताङ)

इलामको पश्चिमि फाकफोकथुम गाउँपालिकाको एक खोलामा बाँसको फडके तर्दै स्थानीय । हिउँदका ७ महिना सदरमुकामसँग सवारीसाधनले जोडेपनि वर्षातका ५ महिना समुन्द्रका टापु सरह हुन्छ । तस्वीर: गंगा पराजुली, पशुपतिनगर

पुतलीबजार नगरपालिका बाडखोलामा रहेको सुर्योदय बचत तथा ऋण सहकारी संस्था लि. द्वारा आँधिखोला गाउँपालिकास्थित जुग्ले गाउँमा आयोजित एकदिने निशुल्क मुटुरोग शिविरमा एक सेवाग्राहीको इसिजी गर्दै डाक्टर । तस्वीर: हिमलाल पराजुली, स्याङजा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.