फोटो ग्यालरी

हिउँदे झरीपछि बिहीबार बागलुङबाट देखिएको रमणीय धवलागिरि हिमाल । तस्वीर: रामबहादुर थापा, बागलुङ

नेवा गुठी समन्वय समिति तनहुँले दमौलीमा आयोजना गरेको सामूहिक बेल विवाहमा सहभागी बालिकाहरु । तस्वीर: कृष्ण न्यौपाने, दमौली, (तनहुँ)

माइतीघर तिनकुने सडक खण्ड अन्र्तगत बुधबार वर्षामा गत्तव्यतर्फ जाँदै पैदल यात्रु । तस्वीर: रोशन सापकोटा

हिमपात हुँदा हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) सञ्चालनमा आएको छ । एक जना विदेशी नागरिकसहित हुम्ला साँस्कृतिक तथा पर्यटन पर्वद्धन युवा सञ्जालले मंगलबार स्किङ्ग (चिप्लेटी) सञ्चालनमा ल्याएको छ । तस्वीर: दाने बोहरा, हुम्ला

अत्याधिक हिमपात पछि सेताम्य देखिएको सिमकोट । सदरमुकाम सिमकोटमा तीन फिट हिँउ परेको छ । तस्वीर: दाने बोहरा, हुम्ला

पर्यटकीय क्षेत्र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. ८ र पाँचखाल नगरपालिका वडा नं. ५ को सीमानामा पर्ने खावामा वल्र्ड वाईड एडभेञ्चर प्रा.लि.को सञ्चालनमा ल्याउन लागिएको जिपलाईन खेलको लागि संरचना तयार गरिंदै । सो व्यवसायीले धुलिखेलमा आन्तरिक तथा बाहय पर्यटकका लागि थप गन्तव्यस्थल बन्ने अपेक्षा गरिएको छ । तस्वीर: पेमा लामा, बनेपा

प्रचारप्रसारको अभावमा ओझेलमा परेको तनहुँको भिमाद नगरपालिका ३ स्थित सिद्धगुफा । तस्वीर: कृष्ण न्यौपाने, दमौली, (तनहुँ)

पाल्पाको रामपुरमा स्याङ्गजा चापाकोटका लिलबहादुर चुनारा ठेकी बिक्री गर्न ग्राहकको पर्खाइमा । तस्वीर: सुशीला रेग्मी, बेझाड (पाल्पा)

हिमाली जिल्ला मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–१ मा पर्ने लोवा समुदाएको चराङ गाउँ । हिउँद महिनामा उक्त गाउँ उजाड देखिने गरेको छ । तस्वीर: निरज थकाली, ठिनी (मुस्ताङ)

डोटीको गडसेराका स्थानीय रुपसिंह बिष्टले सञ्चालन गरेको पानी घट्ट । तस्वीर: विमलबहादुर बिष्ट, डोटी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.