फोटो ग्यालरी

कञ्चनपुरको स्याली नदीमा जाल थापेर माछा मार्दै गरेका थारु महिला । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव घटनास्थलबाट सुकेटार विमानस्थलमा ल्याइँदै नेपाली सेनाको हेलिकप्टर । तस्बिरः नारायण ढुंगाना

बागलुङको मगर समुदायमा प्रचलित पुख्र्यौली सोरठी नाच । तस्वीर: रामबहादुर थापा, बागलुङ

बिक्रीका लागि राखिएको भोजपुरको ऐतिहासिक टक्सार बजारमा बनेका काँसको करुवा, थाल, बटुका आङखोरालगायतका सामग्री । तस्वीर: युवराज विष्ट, भोजपुर

भारतको उत्तर प्रदेशबाट आएका भारतीय व्यपारीले कपिलवस्तुको चन्द्रौटामा ढोलक बनाउँदै । काठबाट बनेको ढोलक बेचेर गुजरा चलाउँदै आएको उनीहरुको भनाइ रहेको छ । तस्वीरः सनिउल्ला धोबी, कपिलवस्तु

कास्कीको पोखरा महानगरपालिका ३३ भरतपोखरीका मौरीपालक कृषक शिवराज भण्डारी आफूले पालेका स्थानीय जातका मौरी देखाउँदै । तस्वीरः भीमपाणि बराल, लेखनाथ

बारबर्दिया नपा ६ भानपुरका थारु महिलाहरु धान राख्ने माटोको भकारी बनाउँदै । थारु जातीमा धान लगायत अन्नबाली आगलागी तथा मुसा लगायत अन्य किटाणुबाट सुरक्षित राख्न माटोकोे भकारी बनाउने गर्दछन । तस्वीर: मानबहादुर चौधरी बर्दिया

इलामको आमचोककी एक महिला बारीमा लगाएको सरसिऊ काटदै । यसपाली सरसिऊ उत्पादन बढेको छ । तस्वीरः गोविन्द लामिछाने, इलाम

इलामको आमचोकमा परम्परागत रूपमा काठ चिरान गर्दै मजदुर । बढदो आधुनिकतासँगै परम्परागत रूपमा काठ चिर्ने पेशा लोप हुँदै गएको छ । तस्वीरः गोविन्द लामिछाने, इलाम

सोतली डाँडाबाट देखिएको गौरिशंकर हिमालको मनमोहक दृश्य । तस्वीर: प्रभु जिरेल, चरिकोट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.