फोटो ग्यालरी

भोजपुरको पुरानो टक्सार वजारको विचमा राखिएको काँस सहित ३५० किलोग्राम अष्टधातुको करुवा । तस्वीर: युवराज विष्ट, भोजपुर ।

चितवनको भण्डारा स्थित किम्बु नर्सरी विकास केन्द्रको नर्सरीमा काम गर्दै महिलाहरु । केन्द्रले यसबर्ष पाँच लाख किम्बुको बिरुवा उत्पादन गर्ने लक्ष्य लिएको छ । तस्विरः कृष्ण आचार्य, भरतपुर

राजधानीको बागबजारस्थित काम्यक स्कुलका विद्यार्थीहरु नाटक प्रस्तुत गर्दै । तस्विरः टेकनाथ न्यौपाने ।

पुतलीबजार नगरपालिका वडा नं. ५ नुवाकोटबाट देखिएकाे स्याङ्जा वजार र आँधिखाेलाकाे सुन्दर दृष्य । तस्विरः अनन्त कुमार श्रेष्ठ, पुतलीबजार, स्याङ्जा ।

नवलपरासीको त्रिवेणीस्थित गजेन्द्रमोक्ष धाममा निर्मित गजेन्द्रमोक्ष नारायण मन्दिर । भित्री भाग दक्षिण भारतको कलात्मक शैली र बाहिरी भाग नेपाली पेगोडा शैलीमा निर्मित यस मन्दिरको मुक्तिनाथ बाबा स्वामी कमलनयन आचार्यसहित ५५५ जना संस्थापक सदस्यले आइतबार सामूहिक उदघाटन गर्नुभएको छ । तस्वीर: मोहन पौडेल, परासी

बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर क्षेत्रमा रहेका बुद्धकालिन प्राचीन स्तुपाहरु । यी स्तुपाहरु प्रथम शताब्दीदेखि सातौं, आठौं शताब्दीका रहेको इतिहास मानिन्छ । तस्वीरः भरत के.सी., बुटवल

महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा भक्तजन । तस्वीर: नवीन पौडेल

अखिल विश्व गायत्री परिवार वीरगन्ज शक्तिपिठले नेपालमै पहिलो पटक वीरगन्जको अदर्शनगर रंगशालामा आयोजना गरेको अश्वमेध महायज्ञयमा हवन पूजन गर्दै श्रद्धालुहरु । महायज्ञमा नेपाल भारतलगायत विभिन्न ४० राष्ट्रबाट पाँच लाख भन्दा बढी श्रद्धालुहरुको सहभागिता हुने आयोजकको विश्वास रहेकोछ । तस्वीर: बिजयकुमार महतो, पर्सा

शनिबार मृत्यु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर आइतबार पशुपति आर्यघाट रहँदा अन्तिम श्रद्धाञ्जली दिनेक्रममा खुट्टा ढोग्दै छोरी । तस्वीरः रत्न श्रेष्ठ

कास्कीको सेती नदीस्थित रामघाटमा खाल्टोभित्र बालुवा चाल्दै गरेकी महिला, नदीमा डोजर र ट्रक लान नपाईने नियमले दैनिक रुपमा यसरी नै मजदुरी गरेर आफनो जीविकोपार्जन गर्दै आएका छन । तस्वीर: भीमपाणि बराल, लेखनाथ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.