फोटो ग्यालरी

खोटाङको रावाबेँसी गाउँपालिका ३ लामीडाँडा र ओखलढुङगाको चिसङखुगढी गाउँपालिका ६ भदौरेको सिमानामा पर्ने दूधकोसी नदीको रभुँवाघाट । तस्वीर: केदार मगर, खोटाङ

प्रचारपसारको अभावमा ओझेलमा परेको तनहुँको भिमाद नगरपालिका ९ स्थित चमेरो गुफा । तस्वीर: कृष्ण न्यौपाने, दमौली, (तनहुँ)

पाल्पाको तिनाउ खोलामा जालमा माछा मार्दै युवा । तस्वीर: कृष्ण दर्नाल, पाल्पा

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ५ बिहुँ रामकोट शिव मन्दिर नजिकैको घरको पालीमा राखिएका फर्सी । फर्सी गर्मी लागेपछि खाने गरिन्छ । तस्वीर: खेमराज गौतम, गलकोट (बागलुङ)

हिमालमा पाईने लुलु गाईले चितवनको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा जन्माएको वाच्छी (सानो) । तस्वीर: नारायण अधिकारी, चितवन

तनहुँको भिमाद नगरपालिका ९ स्थित सिद्धगुफाको अवलोकन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङलगायत । तस्वीर: कृष्ण न्यौपाने, दमौली, (तनहुँ)

शान्तिको कामना गर्दै काठमाडौँको टुडिखेलमा दीप प्रज्जवलन गरिँदै । तस्वीर: रोशन सापकोटा

नुवाकोटको किस्पाङ गाँउपालिका ५ मा विद्युत उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए’ जलविद्युत आयोजनाको रसुवास्थित बाँधस्थल । उक्त आयोजनाले यही चैत १ गतेदेखि मुख्य संरचना हेडवक्र्स (बाँध), सुरुङ्ग तथा विद्युत उत्पादन जेनेरेटरको परीक्षण सुरु गर्ने क्रममा शनिबार गरिएको बाँधको परीक्षण सफल ठहरिएको छ । तस्वीर: रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट)

शैल्यशिखर नगरपालिका ६ ग्वानीका स्थानीय उखु पेल्दै । अहिले दार्चुलाका अधिकांश ठाउँमा उखु पेल्ने काम शुरु भएको छ । जिल्लामा उखु पेल्ने नयाँ प्रविधि नभित्रिँदा पुरानै शैलीमा मान्छेले काठ घुमाएर उखु पेल्ने गरेका हुन । आधुनिक प्रविधि नहुँदा उखु पेलाईमा समस्या हुने गरेको किसानले बताएका छन । तस्वीर: नरेन्द्रसिंह कार्की, दार्चुला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ८ स्थीत मणिका धाम क्षेत्रमा शनिवार लागेको मेला । मनले सोचेको पुरा हुने जनविश्वासका कारण प्रति वर्ष यहाँ मेला लाग्ने गर्दछ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.