
म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरि हिमालको मनोरम दृष्य । तस्वीरः कमल खत्री, बेनी, म्याग्दी

शनिबार काठमाडौँमा सम्पन्न लगानी सम्मेलनमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु १० अर्ब बराबरको लगानी गर्ने सम्बन्धमा एनआरएनएका अध्यक्ष भवन भट्ट, उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह समझदारी–पत्रमा हस्ताक्षर गर्दै । तस्वीर:

अर्घाखाँचीको सुपा देउराली मन्दिरमा शनिबार दर्शनका लागि पुगेका दर्शनार्थीहरु । तस्वीर: निरु गौतम, रुपन्देही

डोटीको सायल गाउँपालिका–१ का जंगबहादुर थापाले परम्परागत घरमा पालेको मौरी । मह बिक्रीका लागि बजारसम्म जानु नपर्ने, ग्राहक घरमै मह किन्न आउने उहाँ बताउनुहुन्छ। । तस्बिर: विमलबहादुर विष्ट, डोटी

संरक्षणको अभावमा पुरिँदै कैलालीको विश्व रामसार तथा सिमसार क्षेत्र घोडाघोडी ताल । तस्बिरः प्रकाश मिश्र, घोडाघोडी, (कैलाली)

जाजरकोट सदरमुकामको वृद्धाश्रममा स्वास्थ्य परिक्षण गर्दै जाजरकोट अस्पतालका चिकित्सकहरु । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला समन्वय समितिको सहकार्यमा जेष्ठ नागरिकहरुको निशुल्क उपचार हुँदै आएको छ ।

तनहुँको व्यास नगरपालिका–५ स्थित सिन्धु सहकारीका सदस्यहरु सामूहिक चैते धान रोपाई गर्दै ।

तस्वीरः गंगराज पण्डित

