फोटो ग्यालरी

भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–४ नागीका किसानले लगाएका अलैँची बगान । पछिल्लो समय जिल्लाका धेरै ठाउँमा अलैँचीखेती विस्तार भएपछि उचित मूुल्य नपाउँदा कृषक चिन्तित छन । तस्वीरः युवराज विष्ट, भोजपुर

इलामको फाकफोकथुम गाउँपालिका ७ स्थित एकतप्पामा लिम्वू समुदायका मानिस च्याब्रुङ नाच प्रर्दशन गर्दै । बढदो आधुनिकतासँगै च्याब्रुङ नाँच लोप हुने अवस्थामा पुगेको छ । तस्विर: गोविन्द लामिछाने, इलाम

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रबार राष्ट्रपति सवारीका लागि बिछ्याइएको रातो कर्पोटमा हिँड्दै गरेको सर्प । तस्वीर: रत्नकृष्ण श्रेष्ठ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा पर्यटक हिउँमा रमाउँदै । दुई साताअघि परेको हिउँ नपग्लिएका कारण यस क्षेत्रमा अहिले पर्यटकको घुइँचो लागेको छ । तस्बिरः कमल खत्री, बेनी(म्याग्दी)

पातारासी गाउँपालिका वडा नं ९ का दीपक बोहोराले जुम्लाको पाटनबाट टिपेर ल्याएका यार्शागुम्भा घाममा सुकाउँदै । तस्बिर: विजय रावत, खलंगा (जुम्ला)

कास्कीको रुपाकोटबाट देखिएको बेगनास र रुपा तालसहितको रमणीय दृश्य । तस्वीरः वासुदेव पौडेल, पोखरा

स्याङजाको वालिङमा वान्डरफुल पर्यटन विकास समितिद्वारा आयोजित एक सय किलोमिटर माउन्टेन बाइक प्रतियोगिताका सहभागीहरु । प्रतियोगितामा दुइ पटक सम्म विश्व च्याम्पियन बनेका क्यानडाका खेलाडी कोरी वालेस पनि सहभागी भएका छन । तस्वीर: हिमलाल पराजुली, स्याङजा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ६ सिउरेनीबाट त्रिपुराकोट बगरमा बिक्री गर्न दाउँरा बोकेर ल्याउदै स्थानीय महिलाहरु । यहाँका महिलाहरु अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा वेखवर छन । तस्वीर: हेमन्त केसी, जाजरकोट

शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा शिवरात्रि मेलाको अवसरमा व्यापारीहरुले राखेको निंगालोबाट उत्पादित सामग्रीको व्यापार । यो वर्ष विगतको तुलनामा निंगालोबाट उत्पादित मटटा, सुप्पा, छाप्रोलगायतका सामग्रीको व्यापार बढेको छ । निंगालो उत्पादन कमै हुँदै गइरहेको बेला व्यापार भनेको बढेको व्यापारीले बताएका छन । तस्विर: नरेन्द्रसिंह कार्की, दार्चुला

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको सिउरेनी, रंङ्ग जोडने भेरी नदी माथिको पुल चुडिएको एक वर्ष बितिसक्दा पनि पुनःनिर्माणतर्फ सम्बन्धी निकायको ध्यान नपुगेकाले स्थानीयलाई आवतजावतमा समस्या भएको छ । तस्वीरः हेमन्त केसी,जाजरकोट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.