फोटो ग्यालरी

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका १० दोलालघाटस्थित वरकोटमा सुनकोशी नदी किनारामा नै सञ्चालन गरेको क्रसरबाट निसकेको डष्ट सिधैं नदीमा मिसाउँदै । नदीमा क्रसरबाट निसकेको धमिलो पानीका साथै डष्ट हालेपछि नदीमा प्रदुषण बढन थालेको छ । तस्वीर: पेमा लामा, बनेपा ।

जुम्लाको सिगांचौरमा निर्माण भएको स्तुपाबाट जुम्ला बजारको दृश्य । तस्वीर: विजय रावत, खलंगा जुम्ला

कञ्चनपुरको झलारी बजारमा माघ संक्रान्तिका लागि तरुल बेच्नका लागि बसेका व्यापारी । माघे संक्रान्तिमा अनिर्वाय रुपमा तरुल सबैको घरमा पाक्ने गर्दछ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

पवित्र धार्मिक तीर्थस्थल देवघाटधामको वेणी संगमस्थलमा माघे सङक्रान्ति मेलाको उदघाटन गर्दै सन्तहरु । देवघाटमा रहेका हरिहर सन्यास आश्रम, महेश सन्यास आश्रम, गलेश्वर आश्रमका पीठाधीशहरुले वेणी संगमस्थलमा संयुक्तरुपमा बाँसको लिंगो गाडेर मेलाको उदघाटन गरिएको हो । तस्वीर: सुरेन कुँवर, रत्ननगर

कालिकोट खाँडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिका जोडने लालीघाटमा फेरीको सहयोगमा सवारी साधन तारिदै । तस्वीर: शुरबहादुर सिंह, सुर्खेत

चिसो बढेसँगै दार्चुलाको सदरमुकाम खलंगा बजारमा दाउराको माग बढेपछि ग्रामीण भेगका महिला दाउराको भारी लिएर बिक्रीका लागि सदरमुकाम आउँदै । ग्रामीण भेगबाट ल्याइएको दाउरा एक भारीको रु.२०० देखि ३०० समयसम्ममा बजारमा बिक्री हुने गर्दछ । तस्विर: नरेन्द्रसिह कार्की, दार्चुला

नारायणी नदीमा स्टिमरमा सयर गर्दै आन्तरिक पर्यटक । तस्विरः कृष्ण आचार्य, भरतपुर

राजधानीमा सम्पन्न राष्ट्रिय व्यापार संघको चौधौँ वार्षिक साधारण सभामा प्रमुख अतिथि चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी स्थापितसँग व्यापार संघका अध्यक्ष युवराज न्यौपाने, व्यवसायी तथा सदस्यहरु ।

सिन्धुपाल्चोकबाट देखिएको जुगल हिमाल । तस्वीरः देवराज सुवेदी, सिन्धुपाल्चोक

हुम्लामा हिमपात हुँदा सदरमुकाम सिमकोटका महिलाहरुले चिसोमा पनि हिउँदे काम गर्दै । बाक्ला कपडा र कम्बल ओडर भारी बोक्दै । तस्वीर: दाने बोहरा, हुम्ला

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.