फोटो ग्यालरी

पुरातात्विक सम्पदा नुवाकोटको भैरवी मन्दिरको पुनः निर्माणका लागि मन्दिरको दलिनमा प्रयोग हुने काष्ठकलामा पराम्परागत शैलीको बुट्टा कुड्दै कालीगढ । तस्वीरः जमुना गजुरेल, विदुर (नुवाकोट)

इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देस्थित स्याँदर साकेला थानमा उभौंली पूजाको अवसरमा नृत्य प्रस्तुत गर्दै सुनुवार जाति । तस्वीरः गोविन्द लामिछाने, इलाम

कञ्चनपुरको चुरे फेदिको बस्ती जुडाका बृद्ध बाँसको चोया बाट धान,गहूँ (अन्न)सुरक्षित राख्न भकारी बुन्दै । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

कञ्चनपुरको बेलौरी नगरपालिका ६ विद्यानगरका स्थानीय किसान प्रताप सिंह रानाले चार विघा जग्गा भाडामा लिएर गरेको जि नौ जातको केरा खेती । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

इलाम सदरमुकाममा शुरू भएको मेची क्षेत्र पर्यटन महोत्सवमा झापाबाट आएको सतार नाच नाच्दै कलाकारहरू । पर्यटन प्रवद्र्धन सरोकार समितिले आयोजना गरेको महोत्सव पुस १६ गतेसम्म चल्नेछ । तस्वीर: गोविन्द लामिछाने, इलाम

एशियाको दोस्रो लामो झोलुङ्गे पुल । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पिकनिक स्पट र उद्यान बनाउन प्रस्ताव गरेको झोलुङ्गे पुल क्षेत्रको महाकाली नदी किनाराको जग्गा । यस वर्ष पिकनिक स्पट र उद्यानका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

स्याङ्जाकाे पुतलीबजार नगरपालिका वडा नं १४ खर्सुलेकबाट देखिने माेहक सुर्याेदयकाे दृष्य । तश्विर: जि. टि. मिलन, स्याङ्जा

तनहुँको भीमाद नगरपालिका ९ स्थित राङरुङमा भ्युटावरबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । वडा कार्यालयको रु. ११ लाखको लागतमा भ्युटावर निर्माण भएपछि राङरुङमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ । तस्वीर: कृष्ण न्यौपाने, दमौली, (तनहुँ)

फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको दर्शनको लागि डुङ्गा चढेर जाँदै भक्तजन । तस्वीर: हरि बास्तोला, पोखरा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ भएर बग्ने स्याली नदीमा माछा मार्दै गरेका थारु महिला । गहुँ बाली लगाएर फुर्सदीला बनेका थारू महिला समयको सदुपयोग गर्दै खोला तालतलैयामा माछा मार्ने गरेका छन् । तस्विर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.