फोटो ग्यालरी

पाल्पाको निस्दी गाउँपालिका– ४ बहपुरका स्थानीय बासिन्दा कृषक तेजन सुनारीले लगाइएको सुन्तला खेती । तस्वीर: पवित्रा घिमिरे, पाल्पा

प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका ४ सिंगा तातोपानी कुण्डमा नुहाउन पालो कुर्दै गरेका विरामीहरु । कुण्डमा डुवेपछि वाथ,छालासम्वन्धि रोग,नसा सम्वन्धि रोग,ग्याष्ट्रिक,सर्केमर्केको लगाएतका रोगहरु निको हुने विश्वास गरिन्छ । तस्वीर: ध्रुवसागर शर्मा,म्याग्दी

पाल्पाको रामपुर नगरपालिका ५ सानीअमराई बस्ने ७१ बर्षका चिमनारायण मानन्धर बाँसको चोयाबाट दिनमा एकवटा डोको तयार गर्दछन । तस्वीर: शुसिला रेग्मी, बेझाड (पाल्पा)

कञ्चनपुरको कृष्णपुरका महिलाहरु खेतमा रोपेको खुर्सानी गोडमेल गर्दै । यहांका स्थानीय बासिन्दा महिलाहरु खोर्सानी बिक्रीबाट मनग्य आम्दनी गर्दछन । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

इलामको फाकफोकथुम गाउँपालिकाको आफनै डोजर सडक खन्दै । गाउँपालिकाले डोजर खरिद गरेर गाउँपालिकामा सडक विस्तार सुरू गरेको छ । तस्विरः गोविन्द लामिछाने, इलाम

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ थर्पूमा रहेको कर्णाली प्रदेशकै प्रसिद्ध डिग्रे शाईकुमारी मेलामा यहाँको सखाल समुहले प्रस्तुत गर्ने डरलाग्दो लाठ्ठी दृश्य । तस्वीर: अमरराज पुन, मुसिकोट

हेलिक्पटरमार्फत घाइतेहरु नेपालगञ्ज लग्ने क्रममा गोकुलेश्वर एयरपोर्टमा अवतरण गरेको नेपाली सेनाको हेलिकप्टर । तस्वीर: नरेन्द्रसिंह कार्की, दार्चुला

कास्कीको लेखनाथमा जारी प्रथम आदर्श महोत्सवमा नेपाली भुमीमा नपाईने उटको प्रर्दशनी गर्दै, विषेश गरि केटाकेटीहरु उट हेर्नका लागि आकर्षित भएका छन । तस्वीर: भीमपाणि बराल, लेखनाथ

पाल्पाको तिनाउ गाउपालिका–४, सत्यवतीतालको बज्यै र बाजेको मन्दिरमा चिच्याएर वर माग्नेहरुको भीडभाड । चिच्याएर बर माग्दा पुरा हुने जनविश्वास रहेको छ । मङसिर ५ गतेदेखि सुरु भएको सत्यवतीताल धार्मिक मेला शुत्रबार सम्पन्न भएको छ । तस्वीर: कृष्ण दर्नाल, पाल्पा

कात्तिक पूर्णिमाका अवसरमा पश्चिम नवलपरासीको सुस्ता ५ पक्लिहवास्थित नारायणी किनारमा शुक्रबार लागेको ठाडिघाट मेलामा कुस्ती हेर्ने दर्शकहरु । विगत २९ वर्षदेखि लाग्दै आएको सो मेलामा यस वर्ष पचास हजार बढीले दर्शन तथा पूजाअर्चना गरेका छन । तस्वीर: मोहन पौडेल, परासी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.