फोटो ग्यालरी

म्याग्दीको मालिका गाउँपालिका वडा नं १ मा पर्ने निस्कोट गाउँ । समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको यो गाउँमा ग्रामिण पर्यटनका लागि प्रशस्तै सम्भावनाहरु रहेका छन । कृषि उपजको दृष्टिकोणले समेत अब्बल मानिने यो गाउँको शीरमा बराहा ताल रहेको छ । तस्वीर: धु्रबसागर शर्मा, गलेश्वर, म्याग्दी

पश्चिम तराई रुपन्देहीको सियारी गाउँपालिका छपीयामा जाँतोमा मसुरोको दाल पिस्दै एक गृहिणी । डिजल मिलहरुको प्रयोग बढेसंँगै पहाडबाट विस्थापित भएको ढुङगाको जाँतोको प्रयोग विस्तारै तराईमा पनि हराउदैं गएको छ । तस्वीर: नरेश केसी, लुम्बिनी ।

तनहुँको घिरिङ गाउँपालिका वडा नं. ४ गडयौलीटारमा किसानले घरको अगाडि भण्डारण गरेको मकैको सुली । तस्वीरः हरि बास्तोला, पोखरा

४ हजार ९ सय १९ मिटर उचाईमा अवस्थित बिश्वको सर्वाधिक उचाईमा रहेको तिलिचो तालमा रमाउँदै आन्तरिक तथा बाह्य पर्यटक । तस्वीर: नवीन लामिछाने, मनाङ

लमजुङको मस्र्याङदी गाउँपालिका–४ स्याँगेको छोबली भिरमा रहेको भिरमौरीको गोला । तस्वीर: समुन्द्रा घिमिरे, लमजुङ

बागलुङ, ताराखोला गाउँपालिका–२ अर्गलको मगर समुदायमा प्रचलित ऐतिहासिक भुस पोल्ने पर्वमा सहभागी युवतीहरु । तस्वीर: रामबहादुर थापा, बागलुङ

वीरगञ्जको रानीघाटस्थित छठीघाटमा मङलबार छठी माताको पूजा अराधना गर्दै व्रतालु । तस्बिर: विजयकुमार महतो, पर्सा

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको दर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा । प्रचण्ड र थापाले गलेश्वरको महत्व र ऐतिहाँसिक मान्यताको बारेमा जानकारीसमेत लिनुभएको छ । तस्वीर: कमल खत्री, बेनी (म्याग्दी)

तनहुँको दमौलीमा नेवारी पोशाकमा सजिएका नेवार समुदायका युवतीहरु । तस्वीर: कृष्ण न्यौपाने, दमौली, तनहुँ

बागलुङ नगरपालिका–८ सिगानामा कोदो चुडदै स्थानीय कृषकहरु । अहिले गाउँघरमा कामको निकै चटारो छ । तस्वीर: सुवास गौतम, बागलुङ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.