फोटो ग्यालरी

नुवाकोटको विदुर नगरपालिका–४ सिमुटारमा रोटेपिङ खेलेर रमाउदै स्थानीय । हराउदै गएको सँस्कृतिको संरक्षणको लागि तिहार पर्वको अवसरमा उक्त पिङ वडा नं. ४ को आर्थिक सहयोगमा स्थानीयवासीबाट निर्माण गरिएको हो । तस्वीर: रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट)

लक्ष्मी पूजाका लागि रंगाली बनाउँदै कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरस्थित ओपेरा होटलका कर्मचारी । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

मध्यपुर थिमि शंखधर चोकमा सयपत्री फूल खरिद बिक्री गर्दै स्थानीय । प्रतिमालाको रु. ३० देखि ५० सम्ममा बिक्री हुने गरिएको छ । तस्वीर: रत्न श्रेष्ठ

तिहारका अवसरमा कञ्चनपुरको झलारी बजारमा देउसी भैली गीतमा नाच्दै गरेका राना थारु समुदायका युवतीहरु । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

बैदेशिक रोजगारीका लागि युवाहरु विदेश गएपछि कृषि मजदुरको अभावमा महिला र बालबालिका म्याग्दीको बेनपा २ बगरफाँटमा धान झार्दै । तस्वीर: धुर्वसागर शर्मा,गलेश्वर म्याग्दी

भक्तपुरमा बुधबार आयोजित प्रथम खुल्ला जिल्लाव्यापी बाँसुरी प्रतियोगिता । तस्वीर: नवीन पौडेल

तिहारको गाई पूजाका दिन पूजा गरिदै । तस्वीर: प्रकाश सिलवाल, काठमाडौँ

पाल्पाको माडीमा दिदीबहिनीले ढिकीमा चामल कुटदै । तिहारमा दाजुभाइलाई रोटीको खुवाउन चलन रहेको छ । तस्वीर: कृष्ण दर्नाल, पाल्पा

पृष्ठभूमिमा अछाम जिल्लासँग जोडिदै गरेको निर्माणाधीन मध्यपहाडि लोकमार्गको फेदमा बगिरहेको दैलेखको राकमस्थित कर्णाली नदी । तस्विर: शुरबहादुर सिंह

धादिङको निलकण्ठ नगरपालिका वडा न. १ पात्लेमा ब्यवसायिक सयपत्री फूल । तिहारमा बिक्री गर्न बारीबाट फूल टिपेर काठमाडौँ लाने तयारी गर्दै फूल खेती गर्ने कृषक शेरबहादुर गुरुङ र उनको परिवार । तस्वीर: सीताराम अधिकारी, धादिङ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.