फोटो ग्यालरी

भारतको पर्यटकीयस्थल दार्जलिङस्थित मिरिकको चिया बगान । तस्वीर: रत्न श्रेष्ठ

म्याग्दीको धवलागिरि गाउँपालिका ७ धारापानीबाट देखिएको चुरने र गुर्जा हिमाल । धारापानी धवलागिरि पदमार्गको प्रवेशद्धार मानिन्छ । तस्वीर: कमल खत्री, बेनी(म्याग्दी)

काभ्रेपलाञ्चोकको रयाले मानेदोभानका किसानले गरेको अलैँची खेती । तस्वीर: पेमा लामा, बनेपा

मुगु जिल्लाको रारा तालमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । तस्वीर: बालाराम खडका तुलसीपुर

रुकुम पश्चिमका बाँफिकोट गाउँपालिका ३ र ५ मा २.६ वर्ग किलोमिटर भूभागमा फैलिएको स्यार्पू ताल । हिउँदको तुलनामा बर्षामा सतह बढाउने रमणीय स्यार्पू ताल पर्यटकीय गन्तव्यस्थल बनेको छ । तस्वीर: मनिष खडका, रुकुम पश्चिम

बागबजारको बज्रविर मार्गमा बेकरीका लागी आवश्यक सामाग्री मिश्रणगरी मेसिनबाट फिट्दै सञ्चालक राधेश्याम चौलागाई । मैदा, क्रिम, सोयाविन तेल, अण्डाको मिश्रणबाट केक तयार गरिने सञ्चालक चौलागाई बताउनुहुन्छ । तस्विर: टेकनाथ न्यौपाने, काठमाडौँ ।

मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ क्षेत्र । तस्वीर: सुवास गौतम

मनाङको ङिस्याङ गाउँपालिकास्थित चउरमा चर्दै गरेका चौँरी । तस्वीर: नवीन लामिछाने

सिन्धुपाल्चोकको प्याङलाङमा रक क्लाइम्बिङ गर्दै पत्रकार टोलीका सदस्य । तस्बिरः तीर्थ भट्टराई

इलामको फूएतप्पामा सञ्चालित प्रथम त्रिवेणी गोल्डकपमा नृत्य गर्न आएका कलाकारले गालामा लगाएको रेजी । बढदो आधुनिकतासँगै अहिले रेजी लगाउने प्रचलन हराएको छ । तस्वीरः गोविन्द लामिछाने, इलाम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.