फोटो ग्यालरी

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा सञ्चालित उद्योगमा लप्सीको माडा सुकाइँदै । यहाँका ६० घरधुरीमा माडा बनाउने व्यवसाय सञ्चालित छ । तस्वीर: पेमा लामा, बनेपा

कञ्चनपुरको सनवोरा नदीमा बिहानीको चिसो पानीमा माछा मार्दै गरेका स्थानिय बासिन्दा । धान भित्राएर फुर्सदिला बनेका यहाँका किसान विहानीका बेला नदीमा माछा मार्ने गरेका छन । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

चोयाको डोरीमा भुण्डिएर भीरमौरीको मह सिकार गर्दै । तस्विर: समुन्द्रा घिमिरे, लमजुङ

थारु समुदायमा नाचिने मुङग्रहवा नाच नाच्दै कलाकारहरु । थारु महिलाहरु रातो पहिरन र पुरुषहरु सेतो पोशाकमा मयुरको प्वाख सहित नाचिने यो नृत्यथारु समुदायको महत्वपूर्ण नृत्य हो । तस्वीर: दुर्गा देवकोटा, लम्की

तिला गाउँपालिका ४ जुम्लाको साँपुल्ली गाउँस्थित धार्मिकस्थल त्रिवेणी धाम । महाशिवरात्री र हरितालिका (तीज) पर्वमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । तस्वीर: शुरबहादुर सिंह, जुम्ला

सिन्धुलीको कोलन्जोर नवलपुर घाटपाखाबाट सुनकोशी–लिखु दोभान नजिक रामेछाप र ओखलढुंगा क्षेत्रमा सडक निर्माणका क्रममा प्राकृतिक प्रकोप र वातावरणमा क्षति पुगेको छ । तस्वीर: नारायण न्यौपाने

धनगढी उपमहानगरपालिका १३ कैलालीगाउँमा परम्परागत गहना र पहिरनमा सजिएका राना थारु समुदायका महिला । तस्वीर: तिलकराज ओझा, कैैलाली

मुस्ताङको कागबेनीदेखि मुक्तिनाथ जाने बाटोमा पर्ने डाँडाबाट अवलोकन गर्दै स्वदेशी पर्यटकहरु । तस्बिर: निरज थकाली, ठिनी, मुस्ताङ

हिमाल पारीको जिल्ला मुस्ताङको घाँसामा फुलेको फापर । तस्वीर: सुवास गौतम, बागलुङ

जुम्ला तातोपानी गाउँपालिकाको लाछुज्यूलोमा धानबाली भित्रयाउने तयारी गर्दै किसान । तस्वीर: मानदत्त रावल, जुम्ला

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.