फोटो ग्यालरी

मनाङको नेस्याङ गाउँपालिका–१ भ्राताङमा गरिएको स्याउखेती । यहाँ ७ सय ५० रोपनीमा फुजी, गाला र गोल्डेन जातको स्याउ लगाइएको छ । तस्वीर: नविन लामिछाने, मनाङ

कोजाग्रत पूर्णिमाका अवसरमा पोखराको फेवातालबीच अवस्थित तालबाराही मन्दिरमा भक्तजनको भीड । तस्वीर: हरि बाँस्तोला, पोखरा

आधुनिक भटटीमा अलैँची सुकाउँदै बेँसीशहर–१० बाझाखेतका कृषक जुन तामाङ । लमजुङका उपल्लो क्षेत्रका कृषक दशैँका समयमा पनि अलैँची टिप्न र सुकाउन व्यस्त छन । तस्वीर: समुन्द्रा घिमिरे, लमजुङ

नुवाकोटको विदुरस्थित खेतमा बुधबार धान झार्न व्यस्त किसान । दशैँ सकिएलगत्तै किसानलाई धान भित्रयाउने चटारो छ । तस्वीर: रत्न श्रेष्ठ नुवाकोट

दाङको गढवा गाउँपालिकाका किसान सिडिड्रल मेशिनबाट हिउँदे मकै गोडदै । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दाङको लमही नगरपालिकासहित गढवा, राप्ती र राजपुर गाउँपालिकामा हिउँदै मकै गोडने यन्त्र उपलब्ध गराएको छ । तस्वीर: दीपक बोहरा, लमही(दाङ)

तिहारमा माला बन्न पर्खँदै भक्तपुर लोकन्थलीमा फुलेको सयपत्री फूल । तस्वीर: लक्ष्मी गारू, भादगाउँ

सुर्खेतको लेकबेसी नगरपालिका ९ ज्यामिरे जंगलमा अवस्थित लोपोन्मुख राउटे बस्ती । फिरन्ते राउटे समुदाय दैलेखको गुराँस गाउँपालिकाबाट हालै बस्नका लागि यहाँ आएका हुन । तस्बिर: प्रकाश अधिकारी, सुर्खेत

कञ्चनपुरको बेलौरी नगरपालिकाका किसान ट्रे मा तयार गरिएको उखुको बीउ देखाउँदै । ट्रे मा उखुको आँखला राखेर तयार गरिएको बीउ कम लाग्ने र उत्पादन बढी दिने किसान बताउँछन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

मुस्ताङको मुक्तिनाथबाट तीर्थयात्रीलाई लिएर फर्कँदै पर्यटक बस । तस्वीर: सुवास गौतम, बागलुङ

पर्यटन प्रवद्र्धनका लागि चितवनको नारायणी नदी किनारामा निर्माण गरिएको जोडी हात्तीको प्रतिमा । तस्वीर: नारायण ढुंगाना

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.