फोटो ग्यालरी

पश्चिम दाङको बबई गाउँपालिकाको हापुरेमा सोमबार सभाहलको शिलान्यास कार्यक्रममा मगर समुदायका युवतीले आफ्नो कला प्रस्तुत गर्दै । तस्वीरः नारायणी रजौरे, दाङ

बिश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तुको जगदिशपुर तालमा जलयात्रा गर्दै आन्तरिक पर्यटक । तस्वीर: शेरिफ केसी, कपिलवस्तु

हिमाली क्षेत्रमा चिसो वढन थालेपछि चिसो छल्न भेडीगोठ गर्मी क्षेत्रमा सार्दै व्यवसायी । तस्वीर: धनबहादुर भण्डारी, डडेल्धुरा

पहिरोले बडिगाड खोला थुनेपछि बागलुङको तुरतुरेमा बनेको कृत्रिम ताल । तस्वीर: रामबहादुर थापा, बागलुङ

बागेश्वरी मन्दीर गुठी व्यवस्थापन समितिद्वारा नेपालगन्जस्थित बागेश्वरी मन्दीर परिसरमा रहेको तलाउमा सञ्चालन गरिएको डुङ्गामा जलयात्रा गर्दै आन्तरिक पर्यटक । तस्वीर: काशीराम शर्मा, बाँके

बागलुङको गलकोट नगरपालिका–११ रिघाबाट देखिएको फाँट । गाउँघरमा धान भित्राउने चटारो शुरु भएको छ । तस्वीर: रामबहादुर थापा, बागलुङ

कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेको बेदकोट तालको मनोरम दृश्य । तालको दृश्य नियाल्नका लागि यहाँ विदेशी र आन्तरिक पर्यटक पुग्ने गरेका छन । तस्विर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

जुम्लामा टर्की जातको पक्षी पाल्दै किसान । मासु सेतो हुने र सुगर रोगीलगायत स्वास्थ्यका लागि फाइदा हुने भएकाले जुम्लाका किसान स्थानीय टर्की जातको पक्षी पालनमा आकर्षित भएका छन । तस्वीर: मानदत्त रावल, जुम्ला

दशैमा थारु समुदायका महिलाहरु रमाइलो गर्दै आफनै पोशाकमा सजिएर घर घरमा नाचगान गर्ने चलन छ । तस्वीर: दुर्गा देवकोटा लम्की कैलाली

धादिङको छहरामा केरा किनबेच हुँदै । यस क्षेत्रमा हरेक दिन रु २ लाख भन्दा बढीको केरा बिक्री हुने गर्दछ । तस्वीर: सीताराम अधिकारी, धादिङ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.