फोटो ग्यालरी

बडादशैँअन्तर्गत महाअष्ठमीका अवसरमा गोरखाको मनकामना मन्दिरमा बुधबार दर्शनार्थीको भीड । तस्वीर: दीपक श्रेष्ठ

हिमाली संस्कृतिको अध्ययन र दृश्यावलोकनका लागि पर्यटकलाई लोभ्याउने मुस्ताङको ठिनी गाउँ । तस्वीर: निरज थकाली मुस्ताङ

दशैंको मुखमा बारीमा लगाएका कोदो पाकेपछि कोदो र नल काटन व्यस्त बागलुङका किसान । तस्वीर: तारानाथ आचार्य, बलेवा

आधिखोला किनारमा मजदुरी गरेर आफनै कमाईले दशै मनाउने योजना बुन्दै गरेका महिला मज्दुरहरु । तस्वीर: हिमलाल पराजुली, स्याङजा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ८ बेलडाँडीमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयले दशैंका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका अवसरमा परम्परागत पहिरनमा सजिएका थारु महिलाहरु सखिया नृत्य देखाउदै । सखिया नृत्य दशैंका अवसरमा देखाईने गरिन्छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

स्याङजाको भिरकोट नगरपालिका–५ स्थित स्वरेक मैदानमा कात्तिक १५ देखि १८ सम्म प्याराग्लाइडिङ प्रतियोगिता सञ्चालन हुँदै । तस्वीर: हिमलाल पराजुली, स्याङजा

बडा दशैँको सातौँ दिन मंगलबार गोरखादरवारबाट ल्याएको फूलपाती काठमाण्डौको हनुमानढोकामा भित्रयाइँदै । तस्वीर: नवीन पौडेल

बडा दशैँको फुलपातीका दिन मंगलबार जुम्लामा घोडा दौड प्रतियोगिता । तस्वीर मानदत्त रावल, जुम्ला

बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको बीचमा पर्ने पेंडारी खोलाको जीर्ण काठे पुलमा साइकलमा घाँससहित तर्दै स्थानीयवासी । तस्वीर: काशीराम शर्मा, बाँके

लामो समय बन्द भई पुनःसञ्चालनमा आएको विराटनगर जुट मिलमा काम गर्दै मजदूर । सो मिल विसं २०७५ भदौ १७ गतेदेखि सञ्चालनमा छ । तस्बिरः मनोज दाहाल, विराटनगर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.