फोटो ग्यालरी

जाजरकोट बारेकोट गाउँपालिका–४ को चाखुरेपाटनमा सेतोचिनी जडीबुटी संकलन गर्न पुगेका स्थानीयवासीले टाँगेका पालहरु । जडीबुटी संकलन गर्न एक हजार ५०० भन्दा वढी स्थानीय पुगेका छन । तस्वीर: हेमन्त केसी, जाजरकोट

गोरखा नगरपालिका–१२ स्थित दशकिलोमा चाडपर्व नजिकिँदै गर्दा मादल बनाउन व्यस्त सरिता कुलु । सरिताको परिवारले मादल बिक्री गरेर वार्षिक रु ७ लाखभन्दा बढी आम्दानी गर्दै आएको छ । तस्वीर: दिपक रत्न श्रेष्ठ

व्यास नगरपालिका–३ स्थित खुलामैदानमा दशैंका लागि लिङगे पिङ बनाउँदै कृष्णदल गण चापाघाटका सेनाहरु । तस्बिर: कृष्ण न्यौपाने, दमौली, तनहुँ

इलामको पर्यटकीय क्षेत्र अन्तुमा भिडियो सुटिङका लागि जातीय तथा मौलिक भेषभूषामा सजिएका स्थानीय कलाकार । पछिल्लो समय इलामको हरियाली चिया बगानमा म्युजिक भिडियो र फिल्म सुटिङ गर्ने क्रम बढेको छ । तस्बिर: गंगा पराजुली, पशुपतिनगर, (इलाम

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मनाङमा एग्रो प्रालि मनाङको स्याउ फार्म अवलोकन गर्दे । साथमा प्रधानमन्त्री धर्मपत्नी राधीका शाक्यलगायत । तस्वीर: समुन्द्रा घिमिरे, लमजुङ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीय पुनहिलमा हिमशृङखलाको दृश्यावलोकन गर्न पुगेका पर्यटक । तस्वीर: कमल खत्री, बेनी (म्याग्दी)

संरक्षणको पर्खाइमा रहेको जुम्ला चन्दननाथको मिचागाउँमा पाँच पाण्डवले वनबासका बेला निर्माण गरिएको पञ्चदेवल । तस्वीर: मानदत्त रावल, जुम्ला

जुम्लाको तातोपानी–५ लाम्रामा प्याराग्लाइडिङ गर्दै पर्यटक । प्यारासुट लाम्राका टक्क सार्कीले बनाएका हुन । तस्वीर: मानदत्त रावल, जुम्ला

उत्तरी धादिङको लापास्थित भुम्लाखोलाको झोलुङगे पुल तर्दै बटुवा । भूकम्पपछि मर्मत गरिएको भए पनि पहिरो लडेर झोलुङगे पुल क्षति पुगेपछि रकम अभावमा मर्मत हुन नसक्दा गाउँबासी यो पुलबाट दैनिक आवत जावत गर्छन । हरेक दिन बालबालिका यही पुलबाट विद्यालय आवत जावत गर्न बाध्य छन । तस्बिर: सीताराम अधिकारी, धादिङ

रुकुम पश्चिमको वाँफिकोट गाउँपालिका रहेको पर्यटकिय रुस्यार्पूमा आधुनिक डुङ्गा सयर गर्दै आन्तरिक पर्यटकहरु । तीन किलोमिटर क्षेत्रफल ओगटेको यस ताल अवलोकनका लागि वर्षेनी बाह्य तथा आन्तरिक पर्यटकहरुको बाक्लो उपस्थिति हुने गर्दछ । तस्बिर: अमरराज पुन, मुसिकोट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.