फोटो ग्यालरी

बागलुङ नगरपालिका–१० भकुण्डेबाट देखिएको बागलुङ बजार । तस्वीर: कमल खत्री, बेनी

कञ्चनपुरको बेदकोट नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्र लिंगेश्वर महादेव मन्दिर र यसको पृष्ठभूमिमा रहेका विचित्रको आकृतिको पहाड । यस पहाडको अवोलकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्दछन । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

कैलालीको पुरानो बजार भजनी नगरपालिका–४मा रहेको प्राकृतिक लौकाहाभौकाहा ताल । पर्यटकीय गन्तव्यको रुपमा रहेको यस तालले झण्डै ८५ बिगाहा क्षेत्रफल ओगटेको छ । तस्वीर: सिद्धराज भट्ट, धनगढी

दार्चुला सदरमुकाम खलंगाको महाकाली नदीमा निर्माण गरिएको पक्की तटबन्ध । देश कै नमूनाको रुपमा रहेको उक्त तटबन्ध निर्माणपछि सदरमुकाम खलंगा सुरक्षित भएको छ । तस्वीर: नरेन्द्रसिह कार्की, दार्चुला

चुरे क्षेत्रको बैजनाथ सामुदायिक वनमा देखा परेको दुर्लभ जंगली विरालो । जंगली विरालोका यस प्रजाती लोप हुने संघारमा पुगेको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

कञ्चनपुरको रानीपुरका किसानका खेतका फाँटमा लहलह फलेको धान । यस बर्ष समयमै बर्षा हुँदा यहाँ धानको उत्पादनमा बढोत्तरी हुने देखिएको छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

वीरगन्जको अलखिया मठ टोलमा निर्माण भएको चिल्डरेन्श पार्क शनिबारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । नेपाल सरकार, नगरविकास कोष र महानगरपालिकाको रु तीन करोड ९८ लाखको लगानिमा छ हजार पाँच सय वर्ग मिटर क्षेत्रफलमा निर्माण भएको हो । तस्बिर: बिजयकुमार महतो, पर्सा

सुदूरपश्चिम प्रदेशको धनगढीस्थित क्षेत्रीय रंगशालामा शनिबारदेखि शुरु भएको महिलाको लागि आत्मरक्षासम्बन्धी शिविरमा सहभागी बालबालिका । तस्वीर: तिलकराज ओझा, कैलाली

रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ साँख गाउँमा रहेको साँख दह । तस्वीर: मनिष खडका, रुकुम पश्चिम

इलामको एकतप्पास्थित बीरबहादुर लिम्बुको घरमा राखेको मकै । अहिले मकैको उत्पादन बढेको कृषक बताउँछन । तस्वीर: गोविन्द लामिछाने, इलाम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.