फोटो ग्यालरी

इलामको साप्तिनका कृषक खेमप्रसाद ढुङगानाको घरमा निकालिएको मकैको थाङगो । यसपाली मकै उत्पादन बढेको छ । तस्बिर: गोविन्द लामिछाने, इलाम

पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाकुरीमा घर लिपपोत गर्ने माटो खन्दै स्थानीय गृहिणीहरु । चाडवाडका बेला पर्वतमा ग्रामीण क्षेत्रमा अझैपनि माटो र कमेरोले घर सिंगार्ने प्रचलन कायमै रहेको छ । तस्बिर: लक्ष्मीप्रसाद सापकोटा, पर्वत

तनहुँको रिसिङ गाउँपालिका–२ गैराखुदीबाट देखिएको सदरमुकाम दमौली बजार । तस्बिर: कृष्ण न्यौपाने, दमौली, तनहुँ

पाँचथर र ताप्लेजुङको सीमानामा अवस्थित तिम्बुपोखरी, अहिले यस क्षेत्रमा जानका लागि उत्तम समय रहेको छ । प्राय भदौ र असोज महिनामा तिम्बुपोखरीको मानिसहरु यात्रा गर्ने गर्दछन । तस्बिर: जित बहादुर भण्डारी, हिलिहाङ, पाँचथर

राष्ट्रिय सेवा दलमा आबद्ध व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माविका विद्यार्थीले कला प्रस्तुत गर्दै । तस्वीर: कृष्ण न्यौपाने, दमौली (तनहुँ)

सन्तानको दीर्घायु एवं मङगलमय कामनाका साथ मैथिली तथा थारु समुदायद्वारा मनाइने जितिया पर्वको आरम्भमा सोमबार राजविराजस्थित भगवती मन्दिरको पोखरीमा नुहाउँदै व्रतालुहरु । तस्वीर: नानीमैया कटवाल पोखरेल, राजविराज

ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित बोझेमा सोमबार खाली टयाङकीभित्र फेला परेको वन्यजन्तु सालक । फेला परेका दुई वटा सालकलाई उद्धार गरी डिभिजन वन कार्यालय ताप्लेजुङले सोमबार नजिकैको जंगलमा छाडिदिएको छ । तस्बिर: सन्तोष पुर्कुटी, ताप्लेजुङ

पर्वतको सदरमुकाम कुश्माबजार र बागलुङका दक्षिणी क्षेत्र बलेवा जोडने कुश्मा–बलेवा यान्त्रिक पुल । निजी क्षेत्रको लगानीमा विगत ६ वर्षदेखि सञ्चालनमा आएको यो पुलबाट दैनिक पाँच सयभन्दा बढीले ओहोरदोहोर गर्ने गरेका छन । तस्वीर: लक्ष्मीप्रसाद सापकोटा, पर्वत

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा रहेको प्रसिद्ध ढोरवाराही मन्दिर । तस्बिर: कृष्ण न्यौपाने, दमौली, तनहुँ

मध्यपहाडि पुष्पलाल लोकमार्गले छोएको नमूना फिदिम शहर,पछिल्लो वर्ष फिदिम बजारमा नयाँ शहरले काम गर्न थालेपछि फिदिम बजारको मुहार फेरिँदैछ । तस्वीर: जितबहादुर भण्डारी, हिलिहाङ पाँचथर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.