फोटो ग्यालरी

बाँकेको नरैनापुर गाउँपालिका–५ पण्डितपूर्वामा भेडा चराउँदै किसान । भेडापालनबाट उनले मनग्य आम्दानी गर्दै आएका छन । तस्वीर: काशीराम शर्मा, बाँके

भूकम्पपछि राइनासकोटको पुनःनिर्माणका क्रममा संग्रहालयको रुपमा संरक्षण गरिएको घुमाउने घर । तस्वीर: समुन्द्रा घिमिरे, लमजुङ

कैलालीको लम्कीमा जंगलबाट घाँस बोकेर आउंदै बालिकाहरु । झोला बोक्ने उमेरमा उनीहरु घाँस काटन जाने गरे पछि उनीहरुको पढाई प्रभावित भएको छ । तस्बीर: दुर्गा देवकोटा लम्की, कैलाली

कञ्चनपुरको झलारीमा मेसिनको सहायताले काठको ठेकी बनाउँदै गरेका । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षणका लागि आएका बिरामीको भीड । प्रतिष्ठानमा मंसिरदेखि ब्याचलर इन पब्लिक हेल्थ (बिपिएच) अध्यापन हुने भएको छ । तस्वीर: मानदत्त रावल, जुम्ला

तनहुँको धार्मिक पर्यटकीयस्थल व्यास–३ व्यास गुफा परिसरमा राखिएको चार वेद अठार पुराणका रचयिता श्रीकृष्ण द्वैपायन व्यास ऋषिको २८औं अवतारका मूति । तस्वीर: सानेबहादुर नेपाली, तनहुँ

इलामको फाकफोकथुम गाउँपालिका–३ कोलडाँडाकी महिला भट्टीमा अलैँची सुकाउँदै । अहिले फाकफोकथुमका कृषक अलैँची थन्क्याउन व्यस्त छन । तस्वीर: गोविन्द लामिछाने, इलाम

बागलुङ जिल्लाको गलकोट नगरपालाकिा ४ मा अवस्थीत निलुवा उपत्यका, अहिले निलुवा उपत्यकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास थालिएको छ । तस्बिर: सुवास गौतम, बागलुङ

घोराही उपमहानगरपालिका–१० मा पहिले व्युटिसियन रहेकी किशोरी लामिछाने जमरा उमारेर जुस निकाल्दै । विहान खालि पेटमा जमराको जुस खाँदा सबै किसिमका रोग निको हुने उनको भनाइ छ । तस्वीर: रीता लामा, घोराही(दाङ)

बागलुङ बजारबाट देखिएको मनमोहक धवलागिरि हिमाल । तस्बिर: रामबहादुर थापा, बागलुङ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.