फोटो ग्यालरी

निर्माणाधीन अवस्थामा रहेको पर्वतको कुश्मा र बागलुङको बलेवा जोडने बञ्जि जम्प । रु १५ करोडको लागतमा निर्माण हुन लागेको विश्वकै दोस्रो अग्लो बञ्जि जम्पको ६० प्रतिशत काम पुरा भएको छ । तस्वीर: लक्ष्मीप्रसाद सापकोटा, पर्वत

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको सिंहपुर सामुदायिक वनको आठौं बार्षिक साधारण सभा कार्यक्रममा लोपोन्मुख मोरपंख सहित मुगरौहा नृत्य देखाउँदै थारु समुदायका युवाहरु । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

जुम्लाको लाछुज्यूलोमा लहलह झुलेको कालीमार्सी धान । कार्तिकमा धान पाकेपछि कृषकले भित्रयाउने गर्दछन । चन्दननाथ बाबाले भारतको काश्मीरबाट कालीमार्सी धानको बीउ ल्याएर पहिलो पटक तातोपानी गाउँपालिका–२ लाछुज्यूलोमा लगाएका थिए । तस्वीर: मानदत्त रावल, जुम्ला

बारा सिम्रौनगढको खेतमा लगाएको काउलीलाई सिँचाइ गर्दै किसान । बारा जिल्ला तरकारी खेतीको लागि प्रख्यात छ । तस्वीर: बिजय कुमार महतो, पर्सा

भारतीय पक्षले नेपाल भारत सीमा नदी महाकालीमा बनाएको अस्थायी काठको पुल । तस्वीर: नरेन्द्रसिह कार्की, दार्चुला

सुदूर पश्चिमका विभिन्न पहाडी जिल्लाबाट खरिद गरि ल्याएको ओखर घाममा सुकाउँदै डडेल्धुरा स्याउलेका ओखर व्यवसायी । यहाँ ओखर प्रतिकिलो रु. छ सयदेखि सात सय ५० सम्म बिक्री हुन्छ । तस्वीर: धनबहादुर भण्डारी, डडेल्धुरा

तीन वर्षदेखि भोजपुरको अरुण गाउँपालिका–६ स्थित अरुण नदी किनारमा सञ्चालित अवैध क्रसर उद्योग । तस्वीर: युवराज विष्ट, भोजपुर

कैलालीको धनगढीमा शुक्रबार लागेको हाट बजारमा बिक्री गर्नका लागि सालका दुनाटपरी तयार गर्दै थारु महिला । तस्वीर: मीन ठकुरी, अत्तरिया(कैलाली)

पृथ्वीराजमार्ग स्थित तनहुँको म्याग्दे गाउँपालिका–६ शेरामा शुक्रबार बिहान सडकबाट खेतमा खसेको एक कार । कृष्ण न्यौपाने, दमौली

हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका २ छाताङमा चरी रहेको भेडाहरु र पृष्ठ भुमिमा धौलागिरि हिमाल । तस्वीर: निरज थकाली, ठिनी (मुस्ताङ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.