फोटो ग्यालरी

हिल्सामा रहेको मनाङ एयरको हेलिकप्टरलाई श्री एयरको ठूलो हेलिकप्टरले झुण्ड्याएर सिमकोट ल्याउँदै । गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको हेलिकोप्टरको पछाडिको पङखाले लागेर एक भारतीय पर्यटकको घटनास्थलमै मृत्यु भएपछि प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध लगाएको थियो । तस्वीर: दाने बोहरा, हुम्ला

बाजुराको बुडिनन्दा नगरपालिका १ को देवली डाँडाबाट देखिएको कोल्टी क्षेत्रकोे सुन्दर दृष्य । तस्वीर: गंगराज पण्डित, बाजुरा

मध्यपुर थिमिको एतिहासिक जिब्रो छेडने जात्रामा मङ्गलबार बालकराम नानी रत्न श्रेष्ठ जिब्रो छेडदै । तस्वीर: नविन पौडेल

विसं २०७४ को मंसिरमा सिमिकोट विमानस्थलमा दुर्घटनाग्रस्त तारा एयरको विमान लगातार एक हप्ताको प्रयासपछि सोमबार नेपालगञ्ज लग्दै गर्दा बाजुरामा देखिएको दृश्य । तस्वीर: गंगराज पण्डित बाजुरा

पोखराको फेवातालमा डुंगामा शयर गर्दै विदेशी पर्यटक । तस्बिर: कृष्ण न्यौपाने, दमौली

स्याङ्जाको प्रमुख पर्यटकिय स्थल मध्ये एक पुतलीबजार १४ मा पर्ने खर्सु लेक । करिव २२०० मिटर उचाईमा रहेको यो क्षेत्र परापुर्वकाल देखि तपोभूमिका रूपमा रहेको । तस्विर: अनन्त श्रेष्ठ

चितवन पदमपुरको भीमवली थारु नारी समुहले जितिया पर्वको पूर्व सन्ध्यामा आयोजना गरेको जितिया विशेष सांस्कृतिक कार्यक्रममा थारु बालिकाले नृत्य प्रस्तुत गर्दै । तस्वीर: नारायण ढुंगाना, रत्ननगर, चितवन

विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले आवासमा क्षति र पहिरोले बस्ती बगाएपछि रसुवाको उत्तरगयाँ गाँउपालिका–१ हाँकु लगायतका स्थानबाट विस्थापित भएका पीडित उत्तरगया–५ स्थित त्रिशूली नदीबगरमा गिट्टी कुटदै । तस्वीर: रामहरि न्यौपाने, वेत्रावती

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडा अध्यक्ष विरेन्द्र ढकालको उन्नत जातको बाख्रापालन । तस्वीर: केदार मगर, खोटाङ

भोजपुर नगरपालिका–८ पोखरेमा कृषक विमला प्रधानद्वारा गरिएको च्याउ खेती । जिल्लामा अहिले च्याउको माग बढेसँगै च्याउ कृषक पनि वढेका छन । तस्वीर: युवराज विष्ट, भोजपुर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.