फोटो ग्यालरी

कैलालीको लम्कीका थारु समुदायका महिला खोलामा माछा मार्दै । तस्वीर: दुर्गा देवकोटा, लम्की (कैलाली)

पर्वतको कुश्मा नगरपालिकास्थित वडा नं. ५ मा रहेको नेपालकै अग्लो बडागाँउ– मुडिकुवा झोलुङ्गे पुल पुलबाट देखिएको प्रसिद्ध धार्मिक एवं रमणीय पर्यटकिय स्थल मोदीवेणिधाम । यस धाम पवित्र कालीगण्डकी र मोदिखोलाको संगम स्थल हो । तस्वीर: लक्ष्मीप्रसाद सापकोटा, पर्वत

म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित गायत्री मन्दिर परिसरमा रहेको परम्परागत शैलीका खरले छाएको घुमाउने (गोल) घर । तस्वीर: सन्तोष गौतम, म्याग्दी

जाजरकोट बारेकोट गाउँपालिका–४ स्थित खेताली र दियाबाल्न कोटे राष्ट्रिय बनमा तस्कारले जम्मा गरी राखेको सेतोचिनी जडीवुटी नियन्त्रणमा लिँदै स्थानीयवासी । ३५ क्विन्टल भन्दा बढी सेतोचिनी प्रहरी, स्थानीय सरकार र बन कर्मचारीको संलग्नतामा नियन्त्रणमा लिइएको हो । तस्वीर: हेमन्त केसी, जाजरकोट

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चौथो संविधान दिवस समारोहमा बुधबार नृत्य प्रस्तुत गर्दै राउटे । तस्वीर: शुरबहादुर सिंह, सुर्खेत

संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेना तथा नेपाल प्रहारीले सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्दै । तस्वीर: प्रदीपराज वन्त

पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलको रुपमा परिचित मोदीवेणीमा आन्तरिक तथा बाह्य पर्यटक र तिर्थालुलाई आकर्षण गर्न बनाईएको शिवलिंगको चौघेरो । तस्बिर: लक्ष्मीप्रसाद सापकोटा, पर्वत

संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेना तथा नेपाल प्रहारीले सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्दै । तस्वीर: प्रदीपराज वन्त

रुपन्देहीको धकधईबजार नजिक विद्यालयको संरक्षणमा रहेको पोखरीमा फुलेको कमलको फूल । तस्वीर: नरेश केसी, लुम्बिनी

नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेण्टमा आहारा खाँदै गिद्धका बथान । कसराको गिद्ध प्रजनन केन्द्र बाट ल्याएको १२ वटा डंगर गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको हो । तस्बिर: दयाराम आचार्य, कावासोती

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.