फोटो ग्यालरी

हिउँदे मकै रोप्दै लमहीका किसानहरु । दाङको लमही क्षेत्रलाई मकै सुपरजोन बनाउने लक्ष्य अनुसार गत बर्ष देखि मकै खेती लगाउन थालिएको हो । तस्वीर: दिपक बोहरा, लमही

दैलेख सदरमुकाम दैलेख बजारमा रहेका ऐतिहासिक कोतगढी, पञ्चदेवल । तस्बिर: नवीनकुमार रिजाल, दैलेख

रुकुम पश्चिमको वाँफिकोट गाउँपालिका वडा नं. ४ को छिनखेत ज्यूलाको मनमोहक दृश्य । यहाँको सानोभेरी नदी किनारस्थित समथर फाँटमा बर्सेनि राम्रो धान उत्पादन हुने गर्दछ । तस्वीरः अमरराज पुन मुसिकोट

आफ्नै पहिरन र भेषभुसामा बाजुरा गौमुल गाउँपालिकाका महिलाहरु । तस्वीर: गंगराज पण्डित, बाजुरा

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा सोमबार भेट गर्दै भारतीय चलचित्रका अभिनेता गोविन्दा । तस्वीर: नवीन पौडेल

पाँचथरमा जिल्लाको फालेलुङमा गरिएको अलैँची खेती । तस्बिर: जितबहादुर भण्डारी, पाँचथर

काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजना हुने सीजी सर्कल अवार्डमा सहभागी हुन नेपाल आएका भारतका नायक गोविन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै । तस्वीर: प्रदीपराज वन्त

भोजपुरको स्थानीय बजारमा अकबरे खुसार्नी बेच्न बस्दै स्थानीयवासी । यहाँ खुसार्नी प्रतिकेजी रु दुई सयदेखि रु तीन सय सम्ममा बिक्री हुने गरेको छ । तस्वीर: युवराज विष्ट, भोजपुर

म्याग्दीको रघुगंगा गाउँपालिका–८ दुलेखर्कस्थित रितुङ मावि भवन रघुगंगा नदीमा आएको बाढीले क्षति पु-याउँदै । भवन बगाएपछि विद्यालयको पठनपाठन ठप्प भएको छ । तस्वीर: सन्तोष गौतम, म्याग्दी

कैलालीको घोडाघोडी नगरपालिका–११ शिशैयामा खोल्सामा माछामार्दै थारु बालिकाहरु । तस्बिर: प्रकाश मिश्र, घोडाघोडी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.