फोटो ग्यालरी

इलामको आमचोकस्थित सिंहदेवी माविमा निर्माणाधीन विद्यालय भवनका लागि गिट्टी कुटदै एक वृद्ध । तस्बिर: गोविन्द लामिछाने, इलाम

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आएका महिला भक्तजन नाचगान गर्दै । तस्वीर: रोशन सापकोटा

नेपालको लागि आधिकारीक जीएसए व्यवस्थापनमा आइएमई ग्रुपले लिएर ओमानको पहिलो वजेट एयर सलाम एयरलाइन्सले पहिलोचोटी नेपालको अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्दै । तस्बिर: प्रदीपराज वन्त

पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सीमखेतमा भेटिएको दुर्लभ किङ कोब्रालाई उद्वार गरी संरक्षित क्षेत्रमा लैजाँदै सर्प संरक्षक महेन्द्र कातिला । तस्बिर: लक्ष्मीप्रसाद सापकोटा, पर्वत

बागलुङ नगरपालिका–१० मा अवस्थित पर्यटकीय गाउँ भकुण्डेमा रहेको बराह ताल । तालले पर्यटकको आकर्षण बढाएको छ । तस्वीर: कमल खत्री, बेनी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको पर्खाइमा रहेका विमान । तस्वीर: रत्न श्रेष्ठ

झापाको विर्तामोडमा विगत चार वर्षदेखि सञ्चालनमा रहेको सुविधा सम्पन्न बीएन्डसी अस्पताल । यस अस्पतालले मेडिकल कलेजको सम्बन्धन पर्खिरहेको छ । तस्वीर: चन्द्रकला भण्डारी, झापा

राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमा आइतबार आयोजित समारोहमा नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई दज्र्यानी चिन्ह प्रदान गर्नुहुँदै । तस्वीर: प्रदीपराज वन्त

तनहुँको बन्दिपुर गाउँपालिकास्थित थानीको माई डाँडाबाट देखिएको बन्दीपुर बजार । तस्वीर: कृष्ण न्यौपाने, दमौली

कञ्चनपुरको भीमदत्तनगरपालिका–९ ब्रम्हदेवस्थित इलाका वन कार्यालयको परिसरमा चर्दै गरेको मृग । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.