फोटो ग्यालरी

बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा घरको छानामुनी राखिएका मकैका झोताला । तस्बिर: रामबहादुर थापा, बागलुङ

कर्णाली प्रदेशको धार्मिक पर्यटकीय क्षेत्र जुम्ला तिला गाउँपालिका–४ साँपुल्ली गाउँस्थित त्रिवेणी धाम । यहाँ तीज र महाशिवरात्रीमा ठूलो मेला लाग्दछ । तस्बिर: शुरबहादुर सिंह, जुम्ला

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकास्थित आँसि खोला र चाखोलाबीचमा रहेको चनौटे फाँटमा लहलहाउँदै गरेको धान खेती । तस्बिर: पेमा लामा

वीरगन्जको रानीघाटस्थित बाबामठियामा शुक्रबार ऋषिपञ्चमीको व्रत बसेका महिला सप्तऋषि र अरुन्धतीको पूजाअर्चना गर्दै । तस्वीर: बिजयकुमार महतो, पर्सा

बागलुङ नगरपालिका १० भकुण्डेमा आकाशे पानी संकलनका लागि बनाइएका घैँटा । तस्वीर: रामबहादुर थापा, बागलुङ

भुकम्पपछि पुनर्निर्माण गरिएको गोरखाको मनकामना मन्दिर, मन्दिरमा १८ के जी सुनको जलप लगाइएको छ । तस्वीर: दिपक श्रेष्ठ, गोरखा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको वातावरण मध्यबर्ती सामुदायिक वनका उपभोक्ताले वनमा रोपेका बाँसका विरुवा । सामुदायिक वनले प्रति बर्ष रु पाँच लाख बढीको बाँस बिक्री गरि आम्दानी गर्दै आएको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको वातावरण मध्यबर्ती सामुदायिक वनका उपभोक्ताले वनको बाँझो जग्गामा सामुहिक रुपमा गरेको अदुवा खेतीको झारपात उखेल्दै पदाधिकारी । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

इन्द्रजात्रामा काठमाडौँको बसन्तपुरमा ठडयाउन भक्तपुरको जंगलबाट काटेर ल्याइएको लिङ्गो तानेर ल्याइँदै । तस्बिरः रत्न श्रेष्ठ

रुकुम(पश्चिम)को मुसीकोट नगरपालिका ७ साँखमा रहेको ठुली दह । यो दह प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । तस्बिर: मनिष खडका, रुकुम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.