फोटो ग्यालरी

राजधानीको न्युरोडमा रहेको हेल्लो कञ्चनजङ्गा सहकारी संस्थाको नवौं बार्षिक साधारणसभाको समुद्घाटन गर्नु हुँदै पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दीपक प्रकाश बाँस्कोटा । तस्विर: केदार प्रसाद न्यौपाने

बाल कल्याण समाजबाट प्रकाशित शिक्षाको महत्व नामक पुस्तकको विमोचन कार्यक्रममा मन्तव्य राख्दै लेखक अमर न्यौपाने । तस्विर: रितेश नेवा

बन्दीपुरमा शुक्रबारदेखि शुरु भएको तनहुँ पर्यटन तथा सांस्कृतिक महोत्सवमा कौरा नृत्य प्रस्तुत गर्दै विमलनगर सामुदायिक होमस्टेका युवतीहरु । तस्बिर: कृष्ण न्यौपाने, तनहुँ, दमौली

म्याग्दीको रघुगंगा गाउँपालिका–८ धौलागिरि हिमालको फेदीमा अवस्थित ऋखार चरन क्षेत्रमा चर्दै गरेका भेडाबाख्रा । यस क्षेत्रमा व्यावसायिक भेडाबाख्रा पालन हुने गरेको छ । तस्वीर: कमल खत्री, बेनी

डडेल्धुरामा आयोजना गरिएको गौरा महोत्सवमा वालोनाच देखाउदै महिला । तस्वीर: धनबहादुर भण्डारी, डडेल्धुरा

इन्द्रसरोवर नगरपालीकाको कुलाखानी स्थित डयाममा जलयात्राका गर्दै आन्तरीक पर्यटकहरु । तस्बिर: प्रदीपराज वन्त

मनाङको नाशोङ गाउँपालिका २ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोडने ड्रोना खोलामा निर्माण गरिएको ताम्राङ पुल । पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको पुलको लम्बाई १३५ मिटर रहेको छ । तस्वीर: नवीन लामिछाने, मनाङ

कैलालीको दक्षिण पूर्वी क्षेत्रको पथरैया नदीमा जोखिम मोलेर डुंगाबाट तर्दै स्थानीयवासी । पथरैया नदी दुर्लभ स्तनधारी प्राणी डल्फिनको चरन क्षेत्र मानिन्छ । तस्वीर: सिद्धराज भट्ट

सिदिङवा गाउँपालिका–१ कालीखोलामा तिम्बुङ पोखरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यही भदौ २२ देखि २४ गतेसम्म तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने भएको छ । तस्वीर: सन्तोष पुर्कुटी, ताप्लेजुङ

पोखराको फेवाताल माथि आकाशमा मंगलबार साहसिक खेल प्याराग्लाइडिङ गर्दै । तस्वीर: हरि बास्तोला, पोखरा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.