फोटो ग्यालरी

मध्यपुर थिमि नगदेशमा शुक्रबार राति महाकाली नाच प्रदर्शनी गर्दै कलाकारहरु । महाकाली नाचमा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेता चार, भूत भैरव दुई, कवचा दुई, ख्याः दुई, माक दुई र मयूर एक गरी १७ नर्टक रहनेछ । तस्बिर: रत्न श्रेष्ठ

म्याग्दीको रघुगंगा गाउँपालिका ८ मा अवस्थित सप्तऋषिहरुले तपस्या गरेको ऋखार मन्दिरमा पूजा गर्न पुगेका भक्तजनहरु । तस्वीर: कमल खत्री, बेनी

जाजरकोट नलगाड नगरपालिकाको झुम्रेखोलाले कालीमटीमा पुल बगाएपछि अस्थायी रुपमा निर्माण गरिएको काठमो लाप्को भन्दा खोलाको पानी माथि आएपछि ज्यानको बाजी लगाएर खोला तर्दै स्थानीय । तस्वीर: हेमन्त केसी, जाजरकोट

दुई साता भित्र घटेका सामाजिक अपराधका घटनाको विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख वसन्त रजौरे । तस्वीर: शुरबहादुर सिंह, सुर्खेत

अबिरल वर्षाका कारण तिला नदीमा आएको बाढी जुम्ला पातारासी गाउँपालिको डिल्लीचौरस्थित एक सामुदायिक विद्यालयभित्र पसेको छ । तस्वीर: शुरबहादुर सिंह, जुम्ला

तुलसीपुर–१० गौरीगाउँमा रहेको प्राकृतिक गौरी ताल । तस्वीर: बालाराम खडका, तुलसीपुर (दाङ)

अरनिको राजमार्गअन्तर्गत कोटेश्वर-जडिबुटी-लौकिन्थलीमा आइतबार भएको सवारी जाम । तस्बिर: रत्न श्रेष्ठ

जनैपूर्णीमाको अवसरमा काठमाडौँको नागपोखरीमा ब्राह्मणबाट रक्षाबन्धन लगाउँदै युवती । तस्बिर: प्रदीपराज वन्त

सेल्फी : विमान परिचालनसम्बन्धी तालिम लिएका युवायुवती पोखरा विमानस्थलमा । तस्बिर: प्रदीपराज वन्त

काठमाडौँको घण्टाघरस्थित मस्जीदमा बुधबार इद–उल–फितरका अवसरमा प्रार्थना गर्दै मुस्लिम समुदाय । तस्बिर: प्रदीपराज वन्त

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.