फोटो ग्यालरी

हिमाली जिल्ला मनाङको ४९१९ मिटरको उचाईमा रहेको संसारको अग्लो स्थानमा अबस्थित तिलिचो तालमा देखिएको इन्द्रेणी । तिलिचो तालमा देखिएको उक्त इन्द्रेणीलाई दुर्लभ मानिन्छ । तस्वीर: निरज थकाली

विराटनगरमा झाँकी सहित निकालिएको भगवान राधाकृष्ण रथयात्रा । राधाकृष्ण मन्दिरको परिसरबाट युगल मूर्तिलाई रथमा विराजमान गराइ करिव आठ किलोमिटरको परिक्रमा पछि पुनः सोही मन्दिरको परिसरमा पुगेर सम्पन्न हुने छ । तस्वीर: मनोज दाहाल, विराटनगर

पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी थारु समुदायद्वारा मनाइँदै आएको अष्ठमी पर्वको दोस्रो दिन सोमबार थारु समुदायका महिला ब्रतालुहरु धार्मिक विधि परम्परा अनुसार नदी तलाउमा गई पूजा सामग्री सेलाउँदै । तस्वीरः तिलकराज ओझा, कैलाली

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित खयरलेक क्षेत्रमा गरिएको भेडापालन । तस्बिर सन्तोष गौतम, म्याग्दी

श्रीकृष्ण जन्माष्टमीको दोस्रो दिन नदीमा पूजा गर्न जाँदै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ का थारू महिला । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ का महिला आइतबार परम्परागत रुपमा मनाइने डोलीसहितको गौरा नृत्य गर्दै । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

बिम्स्टेकको चौथौं शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई स्वदेश फर्कने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुहुँदै उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव । तस्बिर: रत्न श्रेष्ठ

महोत्तरीको गौशाला–३ स्थित राष्ट्रिय आधारभुत विद्यालय नवराजपुरमा अध्ययनरत विद्यार्थीहरुलाई आँपको बगैँचामा बोरा ओछ्याएर पढ्दै । भौतिक पूर्वाधार एवं शिक्षकको अभाव भएपछि कलिलो बालबालिका घरबाटै बोरा ल्याएर पढन आउँछन । तस्वीर: धनवीर महतो, महोत्तरी

प्रगतिशील पत्रकार संघ नेपाल, बागलुङद्वारा आयोजित पत्रकार भेटघाटमा नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत । तस्वीर: रामबहादुर थापा, बागलुङ

पोखरा महानगरपालिका वडा नं ३३ बाघमारास्थित सरस्वती टीका माध्यमिक विद्यालयको ५६ औं वार्षिकोत्सव कार्यक्रमका अवसरमा हुडकेली नाच प्रदर्शन गर्दै विद्यार्थी । तस्वीर: वासुदेव पौडेल, पोखरा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.