फोटो ग्यालरी

पोखराको रमणीयस्थल सराङकोटबाट सोमबार फेवाताल किनारास्थित खपौदीमा अवतरण गर्दै गरेको प्याराग्लाइडर । तस्वीर: हरि बाँस्तोला, पोखरा

हिमाल पारिको जिल्ला मनाङको पिसाङ गाउँमा फुलेको फापर खेती । तस्बिर: सन्देश पौडेल, लमजुङ

इलामको फिक्कल बजारमा रहेको एक पसलमा बिक्रिका लागि राखिएको दुधबाट उत्पादित छुर्पी, ललिपपकलगायतका वस्तु । तस्विर: टीका खतिवडा

डोल्पाको ठुलीभेरी नगरपालिका र काईके गाउँपालिकाको सीमानामा पर्ने पाल्चा खोला नजिक भेरी नदीमा पानीको मात्रा बढेपछि सँगै सडक भन्दा माथि पानी आएपछि दैनिक जोखिम मोलेर यात्रा गर्दै स्थानीयहरु । तस्वीर: हेमन्त केसी, जाजरकोट

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरबाट देखिएको पोखराको फेवाताल । तस्बिर: हरि बाँस्तोला, पोखरा

मित्रराष्ट्र चीन सरकारलाई उपहार स्वरुप दिइएको दुई वटा गैडा मितिनि र सोल्टी गैंडालाई विमानमा राख्दै विमानस्थलका कर्मचारीहरु । तस्बिर: प्रदीपराज वन्त

स्वयम्भुबाट शुक्रबार देखिएको इन्द्रेणीसहितको सुन्दर काठमाडौ उपत्यका । तस्बिर: नवीन पौडेल

कञ्चनपुरको कलुवापुरका थारु महिला माछा मार्दै । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका परम्परागत पहिरनमा सजिएका राना थारु महिला । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

राजेन्द्रलक्ष्मी देवी शाहको पालामा बनेको स्याङ्गजा जिल्लाको भिरकोट नगरपालिकामा पर्ने तत्कालिन चौबिसे राज्य मध्ये एक भिरकोट राज्यको भिरकोट दरबार । तस्विर: अनन्तकुमार श्रेष्ठ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.