फोटो ग्यालरी

अपर तामाकोशीको सेयर आवेदन बुझाउन लामबद्ध दोलखाका काठमाडौँवासी । तस्बिर : रत्न श्रेष्ठ

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखा परेको चितुवा । तस्बिर सौजन्य: शैलेन्द्र चौधरी

 

म्याग्दी र कालिगण्डकी नदीको दोभानमा अवस्थित म्याग्दी सदरमुकाम बेनी बजारको मनमोहक दृष्य । तस्बिर: कमल खत्री, बेनी

विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको बौद्धमा रहेको बौद्धनाथ स्तुपमा अवलोकन गर्दै पर्यटक । तस्बिर: नवीन पौडेल

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुर्दशनपुरका किसानले टिस्युकल्चर प्रविधिबाट तयार गरिएका केराका विरुवा । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

खोलामा ठूला मेसिनले बालुवा उत्खनन गर्न रोक लगाएपछि गल्छी र गजुरी गाउँपालिकाको सिमानामा रहेको बेल्खु खोलाबाट बिक्री गर्न बालुवा झिक्दै मजदुर । तस्बिर: सीताराम अधिकारी, धादीङ

मुस्ताङको मुक्तिक्षेत्र गाउँपालिका–३ चैले गाउँमा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत चीन जाने बाटो बनाउँदै दाङ र रुकुमका मजदुर । तस्बिर: निरज थकाली, ठिनी (मुस्ताङ) ।

जाजरकोट–डोल्पा सडकमा खलंगादेखि राडिसम्म चल्ने बस रुकुमको आठविसकोटमा जोखिम मोलेर घेत्मा खोला तर्दै । तस्बिर: हेमन्त केसी, जाजरकोट

बर्दियाको कृष्णसार संरक्षण क्षेत्र खैरापुरस्थित घाँसे मैदानमा चर्दै गरेका कृष्णसार । तस्वीर: काशीराम शर्मा, बाँके

जैविक विविधताले भरिपूर्ण कैलालीको घोडाघोडी ताल । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.